४ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डको सुन्दर र रमणीय स्थान ऐप्टीङगनमा सेप्टेम्बर ३ तरीखका दिन राम परियार र पुला शेर्पाको संयुक्त्त आयोजनामा चलचित्र प्रदर्शन र क्याम्पिङ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । उक्त दिन बेलुकी नेपालको हिमाली जिल्ला डोल्पामा छायाङकन गरिएको फ्रान्सेली नागरिक एरिक भ्यालिद्वारा निर्देशित “हिमालय” नामक चलचित्र खुल्ला आकश मुनि प्रदर्शन गरिएको थियो । कार्यक्रमबाट बचेको रकमगत सालको महा-भूकम्पबाट नेपालको दुर्गम जिल्ला सोलुखुम्बुमा क्षतिग्रस्त एक बिद्धायलय भवन पुनर्निर्माणमा सहयोग गर्ने आयोजकहरुले बताएका छन्। त्यसबाहेक सहभागीहरु बीच पनि उक्त उदेश्यका लागि कार्यक्रममा अर्थ संकलन गरिएको थियो । आयोजक मध्येका एक पुला शेर्पाले कार्यक्रम प्रवेश शुल्कबाट संकलित लगभग २७०० स्वीस फ्र्याङक्सबाट कार्यक्रम खर्च कटाएर बचेको रकम र सहभागीहरुबाट चन्दा स्वरूप संकलित १४०० स्वीस फ्र्याङक्स विद्यालय पुननिर्माणका लागि लगानि गरिने नेपालस्वीस डट कमलाई बताए ।
एप्टिङगनको एक पाहाडि घरको मैदानमा खुल्ला आकाशमुनि आयोजित उक्त्त कार्यक्रममा स्थानिय विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, स्विटजरल्याण्डबासी नेपालीहरु र नेपाल प्रेमी स्वीसहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र प्रदर्शन पश्चात सहभागीहरूले आगो ताप्दै गीतसंगीतका साथमा मनोरञ्जन गरे । खुला आकाशमुनि सुत्ने पालमा रात बिताएर उनिहरुले क्यामपिङको मजा लिए । सहभागीहरुका लागि आयोजकहरुले नेपाली खाना, खाजा र जलपानको ब्यवस्था गरेका थिए।
फोटो स्रोत: फेसबुक