सम्यमताको कसीमा पत्रकार -कर्तब्य बिहिनता र आचारसँहिता

0

डिल्लीराम अंमाई, पत्रकार महासंघ युरोप शाखामा अहिले सदस्यता सम्बन्धी बिबाद चुलिएको छ । यो सदस्यता सम्बन्धी बिबाद र कमिटि निर्माण सम्बन्धी बिबादले महासभामा भएको केन्द्रीय टोलीको भ्रमणलाई समेत विवादित बनाएको छ । मिति नाघेका तुसहरु चुहिन थालेका छन । सडकभरि कनिका छर्न पत्रकारहरु ब्यस्त छन । आफ्ना नेतृत्वका बिरुद्ध कपडा खोलेर घाममा सुकाउने प्रतिस्र्पधामा फ्रान्सका पत्रकार ददी सपकोटाको निजि ब्लग नेपाल प्लस अगाडि छ । यो अन्तर्बिरोध दोश्रो अधिवेशनको सेरोफेरोबाट शुरु भएको थियो । केन्द्रले छानविन समिति बनाएको पनि हो त्यसले काम गर्न सकेन र झन्डै छोटो समयको म्यान्डेट पाएको समितिले सम्पूर्ण सदस्यलाई दुइ बर्षजति अनिर्णयको बन्दी बनायो । सात महिनापछि केन्द्रले निकास दिन समिति नियुक्ती गरी पठाएको हो । त्यसपछि चुर भएको एउटा समुह पूर्वाग्रहले रुझेका मसलाहरु बटुल्दै बसेको रहेछ, मलाई त त्यति बेलासम्म दुबै समूहको कुरा थाहा हुन्नथ्यो । तर मेरो मान्यता जहिले पनि अराजकतामा रमाउने भन्दा पनि संगठन जीवित रहनु पर्छ, त्यो लेख्ने पत्रकारको लागि ढाडस बनिरहनु पर्छ भन्ने हो । झन्डै दुई बर्षसम्म छानविनको प्रकृया अगाडि नबढाउने र आफ्नो सेरोफेरो बाहेक अन्यत्र नेतृत्व नजाओस्, बरु संस्था सकियोस भन्ने आशय छानबिनको अक्तियारी पाएका मित्रहरुको देखियो भने अर्को खेमा मनोनित पद लिएर अगाडि आयो । हामी तलका सदस्यले त जो आएपनि केन्द्रको लालमोहर लिएर महासंघको ब्यानर बोकी आउनेको समर्थन गर्नै प¥यो । एफ.एन.जे. पनि ट्रेड युनियन हो र यसमा पनि सबै समिति र त्यो द्वारा संगठित सदस्यहरु केन्द्रको माताहतमा हुन्छन । केन्द्र निर्देशक र तल्ला कमिटी वा सदस्य पालक हुन । आन्तरिक वा प्रकृयागत बिरोध वा समर्थन संगठनको बिधी अनुसार हुन्छ र हुनु पर्छ । । नियम त उही हो आखिर । तर अहिले केही गम्भीर सवालहरु उठेका छन केन्द्रको विरुद्ध एक पत्रकारबाट । त्यो आरोपलाई आचारसंहिताले रोक्न सकेन र कारवाहीको हतियार उधाऊने तयारी गरेको छ शाखाले । यसमा कारवाही आचारसंहिताको महत्व, आरोपहरुको प्रयोग र प्रमाणिक बिधी बारे धेरै अस्पष्टताहरु बुझाईमा देखियो । लेखाइमा पनि पुराना पत्रकारबाटै अत्यन्त नीच, गालीगलौज, ब्याक्तिगत जीवनका निजी बसाइ प्रकृयालाई कानुनु दाँयारामा ल्याउन गरिएका युएनको शरणार्थी बिभागले गोपनियताको हकको ग्यारेन्टी गरेको बिषय, त्यो पनि कृतिम रुपमा फेसबुक मार्फत सार्वजनिक गर्ने प्रयास गरियो जुन निचताको पराकास्टा थियो । त्यसले सिंगो पत्रकारिता जगत एकपटक पत्रकार महोदयको रवैया देखेर गलल्ल हाँस्यो । म दुखी भए किनकी मैले उहालाई जुन सम्मान दिएको थिएँ त्यसमा पूर्णिबराम लाग्न पुग्यो । त्यही सेरोफेरोमा हाम्रा भ्रम र परिधीबारे बहस गर्न मन लागेर तलका स्थापित मान्यताहरुको साथ प्रस्तुत हुन लागेको हुँ । म कसैप्रति अत्यन्त पूर्वाग्रही र कसैको सापेक्ष बन्न जरुरी पनि छैन ।
नेपालको संबिधानको धारा १७(२) क ले प्रेस लगायत सम्पूर्ण नेपालीलाई बिचार र अभिब्याक्तिको ग्यारेन्टी गरेको छ र धारा १९ ले संचार तथा मिडियालाई उनीहरुको हकमा ग्यारेन्टी गरेको छ । त्यस्तै संयुक्त राज्य अमेरिकाको संबिधानको पहिलो संसोधनले पनि सीमारहित प्रेश स्वतन्त्रलाई पूर्ण रुपमा सम्मान गरेको देखिन्छ ।
तर भारतको संबिधानको धारा १९ (१) ए र नेपालको संबिधानले अभिब्यक्ती र प्रेस स्वतन्त्रताको स्पष्ट सीमा उल्लेख गरेको छ । अन्र्तराष्ट्रिय मानवअधिकार घोषणापत्र १९४८ को धारा १९ ले पनि बिचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई व्यक्तिगत गोपनियताको मौलिक हकलाई अत्यन्त गहन र जिम्मेवारीपूर्वक लिदै केही सिमाहरु सहित सोही धारा प्रभावित हुने गरी उल्लेख गरेको छ ।
यसरी प्रेश स्वतन्त्रताका अन्र्तराष्ट्रिय अभ्यासहरुलाई हेर्दा संचारकर्मीहरुले निम्नानुशार अधिकार र नियमनको परिधीबारे संश्लेषण गर्दै सामुहिक उत्तरदायित्व पूर्ण उद्देश्यहरु स्थापित गर्न सकिन्छ ।
१) समाजमा स्थापित मान्यता वा व्यक्तिगत अधिकार र आत्मा सम्मानको रक्षा गर्न सजकतापूर्वक कलम चलाऊनु पर्ने,
२) राष्ट्रिय सुरक्षा र सार्बभौमसत्ताको रक्षार्थ,
३) सार्वजनिक अमनचयन र सामाजिक सद्भाव कायम गर्न,
४) जनस्वास्थ्य, प्रर्यावरण, परोपकार र प्राकृतिक अधिकारको संरक्षण गर्न ,
५) नैतिक र सामाजिक विश्वास कायम गर्न ,
यी अधिकारसहितका नियमनहरुको सेरोफेरोमा नै सूचना तथा पत्रकारिताको नैतिक बन्धनले आफ्नो परिधी निर्धारण गरेको हुन्छ । कसैमाथि गाली, बेइज्यती,हुन नदिन ,अरुको प्रतिष्ठा र गोपनियताको ख्याल गरी गोपनियता भङ्ग गर्न नदिन, राष्ट्रिय सुरक्षा कायम राख्न ,साम्प्रदायिक सद्भाव कायम राखी कुनै जात वा बर्ग माथि घृणाभाव उन्मुलन गर्न, आमस्वास्थ्य उपर प्रतिकुल प्रभाव पार्न नदिन र सामाजिक शिस्टाचार तथा नैतिकता कायम गर्न नै प्रेस आचारसंहिता जरुरी भएको हो । सबैले सबैको लागि सबै उपर निजी स्वतन्त्रता प्रयोग गर्दा अरुको आत्मस्वाभिमान र स्वतन्त्रताको ख्याल गर्नु पर्ने हुन्छ ।
प्रेस स्वतन्त्रतामा झुटो बोली, अर्कालाई हानी पुर्याउने तथा गाली बेइज्यती गर्ने, कसैको निजी गोपनियता उलंघन गर्ने बिषयहरु कदापी पर्दैनन । प्रकाशन गरेका सबै सामाग्री लेख्ने स्वतन्त्रताको मूल मर्म भित्र नपर्न पनि सक्छन । जस्तो की अश्लील र उत्तेजक सामाग्री प्रकाशन गर्ने र प्रवाहित गर्ने हक कसैको हुँदैन । कुनै पनि बाहनामा राष्ट्रिय सुरक्षा र सार्बभौमसत्तामा असार पर्ने गरी लेख्न र बोल्न पाइदैन । अर्काको गोपनियताको हक, धर्म,र संयुक्तरास्ट्र संघले प्रत्याभुति गरेको व्यक्तिगत आन्तरिक शरणार्थी प्रकृया र अवस्थाको बारेमा गोपनियतामा असर पर्ने गरी बोल्न र लेख्न अन्र्तराष्ट्रिय आचारसंहिताले प्रतिबन्ध गरेको छ ।
आचारसंहिता निर्माणका सन्दर्भमा पनि मिडियाकर्मिहरुले समाजका बिबिध इकाइहरु बिच खलल पार्ने,राज्य द्रोह,गाली बेइज्यती वा अदालतको अपहेलना हुने वा सार्वजनिक शिस्टाचार , नैतिकताको प्रतिकुल कार्य गर्न, श्रमप्रति सम्मान नगर्ने र जातीय, रंग भेद तथा लैंगिक भेदभावलाई दुरुत्साहित गर्न मिडियाले आचार निर्माण तथा पालना गर्नु अनिवार्य हुन्छ ।
अमेरिका जस्तो प्रेश स्वतन्त्रता भएको देशमा पनि D – notice committee ले निर्णय गरेको कुरा त्यहाको प्रेसले आफ्नो कर्तब्यकै रुपमा स्वीकार गरेको छ । त्यसमा प्रेसले self regulation / co regulation द्वारा आफ्नो परिधी र कर्तब्यलाई नियमन गरेको छ ।
प्रेस स्वतन्त्रता उत्तेजना र अनियन्त्रित शब्दको उत्खनन हुँदै होइन । त्यो अरुको स्वतन्त्रताको रक्षार्थ हो । जे मन लाग्यो त्यो लेख्ने ,बोल्ने र सन्जालमा मिल्क्याइ दिने लाइसेन्स पत्रकारको आचारसंहिताले दिदैन । पत्रकारिता स्वतन्त्रता भित्रको संयमता पनि हो । यसरी हेर्दा पत्रकारितालाई जती बढी आचारयुक्त बनाउन सकियो , प्रेस जगतलाई बाह्य आक्रमणबाट जोगाइ प्रेस स्वतन्त्रताको सम्र्वद्धन गर्न सकिन्छ । संक्षिप्त कुरा केहो भने प्रेस आचारसंहिता अनुकुल हुने गरी सार्वजनिक हितको संरक्षण र प्रवर्धनको लागि प्रेस प्रयोग हुन्छ । त्यसैले प्रेस वा पत्रकार आँफैले आफ्नो प्रतिष्ठा र वर्चस्व बचाइ राख्ने उद्देश्यबाट चिप्लन पाइदैन ।
मेरो भनाइ फ्रान्सबाट प्रकाशित हुने नेपाल प्लस ब्लगले केही दिनअघि प्रकाशित ’’पत्रकार महासंघलाई प्रश्न ? कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्र्तराष्ट्रिय पत्रकार महासंघका कार्ड ? “ नामक लेखमा राखिएका ृ“….कार्ड दिँदा लिनेहरुले कति बोत्तल रक्सी, बियर, हुस्की, आइफोन, बिमान खर्च, युरोपका आन्य मुलुकको भ्रमणमा बिक्रि गरिएका हुन् ? कृपया हामी जान्न आतुर छौं । कि केन्द्रीय पदाधिकारीहरु मिलेर पालै पालो भ्रमण गर्ने, केहि रकम र उपहार लिने सहमतिमा दिनु भएको हो ? समग्र केन्द्रीय कमिटिलेनै त्यसमा साटासाट गरेको हो भनेपनि हामीलाई जवाफ चाहियो । जाँडको ब्यवस्था, उपहार, भ्रमण र बिमान टिकटले ति साटासाट हुन सक्छन् भने हामी बिमान टिकटले हम्किदिन र जाँडको ट्यांकरमा पौडी खेलाईदिन तयार छौं । ….“े आरोप र शब्द चयनहरु कति उन्माद र उत्तेजनायुक्त छन ? त्यसले नेतृत्वप्रति घृणाभाव,अनावश्यक आक्रोस र अप्रमाणिक आरोपहरु लगाएको छ । के त्यसले अन्र्तराष्ट्रिय पत्रकार महासंघको महासभामा भाग लिन आएका सम्माननीय नेपाल पत्रकार महासंघको अध्यक्षसहित केन्द्रीय समितिका अन्य ४ जना पत्रकारको आत्मस्वाभिमानमा धक्का पु¥याउदैन ? अल्कोहलको संगत नै नगर्ने तीन जना प्रतिनिधिहरुको स्वाभिमानमा धक्का पु¥याउनु साइबर क्राइम र मौलिक अधिकारको हननभित्र पर्दैन ? सबै पत्रकारहरु आफ्नो निजी खर्चमा आएका हुन किनकी उनीहरुलाई फ्रान्सको चार्ली अन्र्तराष्ट्रिय एयरपोर्टमा गएर आँजेको सम्मेलन हलसम्म लिएर गएको मैले हो । आरोपवालासँग टिकट किनिदिएको पुष्टी गर्ने प्रमाण के छ ? याबत् प्रश्नहरु उपरोक्त लेखको कथित आरोपले उब्जाएको छ । अनि हामीले भनेकालाई सदस्य दिलाए बापद“…… हामी बिमान टिकटले हम्किदिन र जाँडको ट्यांकरमा पौडी खेलाईदिन तयार छौं…….“ के भनेको यो ? एका तर्फ तिमीले गल्ती गर्यौ पनि भन्ने अनी हामीले भनेको माने ……पौडी खेलाई दिन तयार छौं पनि भन्ने । त्यो त पुन अर्को अपराध भएन र पत्रकार ज्यु ?
फेरी उनले आफ्नो अनियन्त्रित आक्रोस पोख्दै लेखेका छन “………..आइ एफ जे, लगायतका युरोपका प्रेससित संवन्धित संस्थालाई केहि तथ्यसहित, समाचार र अन्य तथ्य अनुवाद गरेरपनि दिने र त्यसको भण्डाफोर गरेर म बिदा हुन्छु । “ ज्ञात रहोस् यफ एन जे भएर मात्र त्यसको सदस्य आइएफजे को सदस्य बन्न सक्छ । त्यसको सदस्य इकाइ एफएनजे हो हामी वा व्यक्ति हैन र त्यसले संगठनको आधिकारिक समितिसँग मात्र सरोकार राख्छ व्यक्तिका गुनासा तथा प्रतिकृयालाई त्यति महत्व दिदैन । एफएनजे को सदस्य स्वतह आइएएफजे हो । महासभामा मैले बुझेको त्यही हो ।
त्यस्तै “…….आईएफजे माथि पनि अबैध तरिकाले परिचयपत्र दिन सहमति जनाएको भन्दै आरोप लागेपछि…….“ भन्नुको अर्थ आईएफजेका ब्रसेलस्थित स्टाफले कि त्यो बेचेको हुनु प¥यो कि चिने जानेको आधारमा प्रमाण नपुर्याइ मागकर्तालाई खुसुक्क दिएको हुनु प¥यो ? त्यो आईएफलजेलाई लगाइएको गम्भिर आरोप हो त्यो आरोपबारे आईएफजे ले के गर्छ त्यो एफएनजेको स्पष्टिकरणमा भर पर्छ ।
म फेरी उही कुरामा जोड दिन बिबस छु कि प्रेस आचारसंहितालाई नतोडिकन ,त्यसलाई सम्मानपूर्वक आफ्नो कर्तब्य सम्झदै सार्वजनिक हितको संरक्षण र प्रवर्धनको लागि प्रेसको प्रयोग हुनु पर्छ र हुन्छ । आचारसंहिताको ईतिहास हेर्ने हो भने अमेरिकी पत्रिका सम्पादक समाजले सन १९२० मा पत्रकारिताको सिद्धान्त प्रकाशित गरे सँगसँगै युरोपमा पनि पत्रकार आचारसंहिताको प्रयोग शुरु गरिएको हो । यो स्व—नियमकारी संहिता अहिले विश्वभरि अस्तित्ववान छ । यो सुचनाको विश्वाशनियतालाई केन्द्रमा राखेर बनाइएको हो । सबै आचारसंहिताहरु सुचनालाई तोड्मोड गर्ने,बंग्याउने, दबाउने, पूर्वाग्रही हुने,सन्सनीपूर्ण बनाउने र गोपनियता माथि आक्रमण गर्ने कुराको बिरुद्ध छन ।
बिभिन्न मुलुकको आचारसंहिता हेर्दा खास गरेर छ किसिमका जवाफदेहिता पाइने निचोड् निकालिएको छ । जस्तोकी जनताप्रति ,श्रोतप्रति, मिडिया संचालकप्रति, संगठनको नेतृत्वप्रति, मर्यादाको संरक्षणप्रति, व्यवसायिक इमान्दारिताप्रति र व्यवसाय तथा श्रमजीवि पत्रकारको एकताप्रति जवाफदेहिता पर्दछन । दुःखसाथ भन्नु पर्छ यसैमा आरोपित् नेपाल प्लस र त्यसका संचालकको स्वनियम संहिता प्रभावित हुने देखिन्छ ।
यि कुराहरुलाई अधिकाश देशका प्रेश काउन्सिलले सूचनाको स्वतन्त्रता र पत्रकारको आचारसंहिता दुबैलाइ समान महत्व दिएकाछन । हामीले पनि आत्मानुशासनको यो कडीलाई बिर्सेंर पुर्वाग्रह र बिबेक शुन्यताले ढुन्मुनिदै मानसिक बिचलनको अन्धकारमा हराउने छुट छैन र कदापी हुन सक्दैन ।

श्रोत ः प्रेस स्वतन्त्रता वार्षिक प्रतिवेदन [FNJ],GLOBAL VOICE OF JOURNALIST [IFJ], फिण्ल्याण्ड, फ्रान्स , भारतको पत्रकार आचारसंहिता, नेपालको संबिधान

Share.

Leave A Reply