अमेरीकाको वाशिंगटन डिसी नेपाली लोक संगीतले घन्कियो

0

नेपाली दुतावास, वाशिंगटन डिसीको प्रांगणमा ठुलो साऊन्ड बक्समा दिनभरी बजाईएको नेपाली लोक भाकाको गीतले वाशिंगटन डिसी शहरै संगीतमय भयो । पासपोर्ट डिसी नामको अमेरिकामा नेपाल चिनाउने ऊत्सबमा एकसय भन्दा बढी मुलुकहरुका बाईस सय बिदेशीहरु नेपाली दुतावासको महोत्सबमा सहभागी भएर नेपाल घुम्न जानको लागी आबस्यक पर्ने पर्यटकीय जानाकारी लिए । महोत्सबमा राखिएको नेपाली खानाको स्टलमा बिदेशीहरु लाईन बसेर नेपाली खाना चाखे । नेपालको हिमाल, पहाड लगायतको सम्पूर्ण पर्यटकीय स्थलहरु अऊडियो भिजुएलमा अवलोकन गरे । नेपाल पर्यटन बोर्डले पठाएको ब्रुशरहरु सबै बिदेशीहरुले लिए । नेपाली हस्तकलाको प्रदर्शनीमा नेपालको खुकुरी, मुर्तीहरु, पश्मिना,थान्का लगायतको नेपाली हस्तकलाका सामाग्रीहरु बिदेशीहरुले बडो चाखपुर्बक हेरेका थिए ।

नेपालको लोकगीत, संगीतबाट बिदेशीहरुलाई आकर्षित गराऊनको लागी ठुलो लाऊड स्पिकरमा नेपाली ठेट लोकगीत वाशिंगटन डिसी शहरै थर्किनेगरी दिनभरी बजाईएको थियो । तनहुँ, लम्जुङ्ग, म्याग्दी, बाग्लुङ्ग, गुल्मी जिल्लातिरको ठेट लोक भाका गुल्मी, स्यांजाको रोईला गीत, म्याग्दीका चर्चित लोकगायक खड्ग गर्बुजाको यानीमाया र सालैजो गीतमा खेम भट्टचन, लोकनाथ तिवारी, बिष्णु कुमारी थापाको समुह नाचेको रमाईलो लागेर स्वोंतस्फुर्त अमेरिकन महिलाहरु पनी पटकपटक नाचेका थिए । साथै, नौमती पन्चे बाजाको तालमा बिदेशीहरु खुब नाचे । नेपाली र बिदेशीहरुको संयुक्त नाचगानमा घन्केको नेपालको लोक संगीतले वाशिंगटन डिसी शहर अमेरिकाको नभएर नेपालको पोखरा, तनहुँको दमौली, गुल्मीको तम्घास, बेनीको बजार जस्तो देखिन्थ्यो ।
एकै दिनमा एकै ठाउँमा एकसय भन्दा बढ्ता मुलुकहरुका दुईहजार बाईससय बिदेशीहरुलाई नेपाल घुम्न जाम् जाम् ? गराउने यो पासपोर्ट डिसी नामको महोत्सब वाशिंगटन डिसी स्थित नेपाली दुतावासको आयोजनामा गरिएको थियो । राजदुतको निवास्थानमा टेन्टहरु टाँगेर जापानको नेपाल डे र लण्डनको नेपाल मेला जस्तै अमेरिकामा नेपाल चिनाऊने यो महोत्सब सम्पन्न गर्नमा वाशिंगटन डिसी स्थित नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषीराम घिमिरे, ईकोनोमिक काउन्सिलर कैलाश पोखरेल र द्वीतिय सचिब लेखनाथ गौतमको ठुलो योगदान छ । यसैगरी, नर्थ अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटीका पुर्ब अध्यक्षहरु खेम भट्टचन, बिष्णु कुमारी थापा, प्रबाशी नेपाली एकता समाजका अध्यक्ष लोकनाथ तिवारी, पासापुचकी अध्यक्ष सरोजा प्रजापती, एनओएका अध्यक्ष रामलाल श्रेष्ठ, पुर्ब अध्यक्ष राजेश श्रेष्ठ, नेपाल पर्यटन बोर्डका सद्भावनादूत राम खरेल, यज्ञमान शाक्य, सिता पाण्डे, केमिका भण्डारी, मुकुन्द दाहाल, एनवाका महिला कार्यकर्ताहरु, पन्चकन्याहरु, नेवारी ज्यापु भेषभुषामा सजिएका नेवा महिलाहरु, दुतावासका दिपक शर्मा, कुमार श्रेष्ठ, हाकिम भण्डारी र राजदुत निवासका कर्मचारीहरु बिहान देखी बेलुकी सम्मै खटेका थिए । 
अमेरिकामा नेपाल चिनाउनको लागी आयोजना गरिने कार्यक्रमहरु मध्ये सबैभन्दा ठुलो मानिने यो पासपोर्ट डिसी कार्यक्रममा अमेरिकाका लागी नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महतको सक्रिय सहभागिता थियो । कार्यव्यस्तताले राजदुत डा. अर्जुन कुमार कार्की भने देखिनु भएन ।

16051207unnamed(4) 

Share.

Leave A Reply