नेदरल्यान्ड्स। न्युरोफोबिमाटोसिस रोग बाट पिडित अशोक श्रेष्ठलाई नेदरल्यान्ड्समा सक्रिय विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुले दोस्रो चरणमा पनि आर्थिक सहयोग गरेका छन् ।
दोस्रो चरणको सहयोग अन्तर्गत एनआरएन,प्रबासी नेपाली एकता समाज,एनएसएन लगायत विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरु बाट संकलित करिब १,११,७४० रुपैया पिडित श्रेष्ठको सहयोगको लागि नेपाल पठाईएको प्रबासी नेपाली एकता समाजका अध्यक्ष बिक्रम बानियाँले जानकारी दिए।
यस अगाडी पनि उनको सहयोगको लागि पठाईएको करिब २३० युरो रकम हस्तान्तरण गरिसकिएको बानियाँले बताए ।
ललितपुरमा बस्दै आएका श्रेष्ठ लामो समयदेखि न्युरोफोबीमाटोसिस रोगबाट पिडित छन् । आर्थिक अभाबमा उनको उपचार हुन् सकेको छैन। उक्त रोगबाट ग्रसित भएपछी पिडित श्रेष्ठलाइ आफन्तले समेत छाडेर हिडेका थिए ।
सहयोगीहरुको विवरण
नाम : यूरो
१) एनआरन नेदरल्यान्ड्स १००
२) नेपाल समाज नेदरल्यान्ड्स १००
३) राम बुढाथोकी ( अध्यक्ष- नेपाल समाज नेदरल्यान्ड्स ) १००
४) नेपाली यूथ नेदरल्यान्ड्स १००
५) बिक्रम बानियाँ (अध्यक्ष – प्रबासी नेपाल एकता समाज नेदरल्यान्ड्स) ६०
६) केशब राज पाण्डे ( बरिष्ठ उपाध्यक्ष- एनआरन- नेदरल्यान्ड्स) ५१
७) हिमाल गुरुङ ( अध्यक्ष-एनआरन नेदरल्यान्ड्स) ५०
८ ) सुनील गुरुङ ( निबर्तमान अध्यक्ष गुरुङ समाज नेदरल्यान्ड्स ) ५०
९ ) प्रबासी नेपाल एकता समाज नेदरल्यान्ड्स ५०
१० ) हरि बराल ३०
११ ) थानेश्वर कडेल २५
१२) ठाकुर प्रसाद शर्मा ( मनोहरि ) २५
१३ ) राजु ( मिडास ) थापा २५
१४ ) झलक बिक्रम जी. सी. २१
१५ ) कृष्ण गुरुङ २०
१६ ) कृष्ण कार्की २०
१७ ) फणिन्द्र पन्त २०
१८ ) प्रेम सिंह गुरुङ २०
१९ ) टिका राम सापकोटा १५
२0 ) प्रेम काजी गुरुङ ( मनु) १५
२१ ) बिष्णु बास्तोला १०
२२ ) निरज आचार्य १०
२३ ) याम बहादुर सिंजाली १०
२४ ) रेशम गुरुङ १०