पारवहन सम्झौताले आर्थिक विकासको ढोका खोलेको प्रधानमन्त्रीको दाबी

0

छिमेकी मुलुक चीनको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्पन्न पारवहन र यातायात सम्झौताले नेपालको आर्थिक विकासको ढोका खोलेको समेत दाबी गरे ।

सो अवसरमा ओलीले भने यस पटक चीनसंग भएको यातायात तथा पारवहन सम्झौता नेपालको विकासका लागि नयां कदम भएको भन्दै आफ्ना छिमेकी मुलुकहरु चीन र भारतसंग सुमधुर सम्बन्ध बिस्तार गर्ने सरकारको नीति रहेको औंल्याउंदै दुई छिमेकी देशसंग नेपालको सम्बन्धलाई तुलना गर्न नमिल्ने समेत बताए । उनले भने नेपालका लागि दुबै छिमेकी देशहरु बराबर छन् ।

Share.

Leave A Reply