कार्य प्रगतिको संकेत: सरकार द्वारा आवास पुनर्निर्माणलाई ६५ अर्ब निकासा

0

११ मार्च २०१६, स्विटजरल्याण्ड। नेपाल सरकारको अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निजी आवास पुनर्निर्माणको लागि दिइने अनुदान अन्तर्गतको पहिलो किस्ता रकम वितरणका लागि ६५ अर्ब रुपैयाँ निकासा दिएको छ। १७ फागुन २०१६, आइतबारको मन्त्रीस्तरीय निर्णयले निकासाको निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

पूर्ण रूपमा निजी घर भत्किएको परिवारलाई प्रथम किस्ता अन्तर्गत ५० हजार रुपैयाँका दरले वितरण गर्नका लागि उक्त रकम निकासा दिइएको हो। पहिलो चरणमा दोलखाको सिंगटीबाट उक्त रकम वितरण सुरु गरिने प्राधिकरणले जनाएको छ। ‘निकासाको निर्णय भएको मैखिक जानकारी आएको छ। रकम केही दिनमा आउला,’ प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भने, ‘उक्त रकम अगामी २० गतेदेखि सिंगटीबाट बाँड्न सुरु गर्ने हो। उक्त दिन कुनै न कुनै पीडितले ५० हजार रुपैयाँ पाउने छन्।’ भत्किएका संरचनाको सर्भे सिंगटीमा भइसकेकाले वितरण सुरु गरिने उनले बताए हुन्। सर्वेक्षण सकिसकेको ठाउँहरूमा क्रमश: वितरण गर्दै जाने प्राधिकरणले जनाएको छ। अनुदान रकम घरधनीले सुरक्षित घर निर्माण सर्तसहित नक्सा पास गरेपछि प्रथम किस्ताअन्तर्गत २५ प्रतिशत बराबरको ५० हजार रुपैयाँ अनुदान पाउने छन्। जग निर्माण कार्यसम्पन्न भए पश्चात प्राविधिक चेकजाँचका आधारमा दोस्रो किस्ता रकम ४० प्रतिशत बराबरको रकम ८० हजार रुपैयाँ र छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भए पश्चात अन्तिम किस्ता ७० हजार रुपैयाँ पाइने व्यवस्था गरिएको छ।

Share.

Leave A Reply