नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसको उम्मेदवारी दर्ता सम्पन्न

0

राजधानीमा जारी नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत आज केन्द्रीय सभापति लगायत पदाधिकारी तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
आज दर्ता भएको उम्मेदवारी अनुसार सभापतिमा वर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेर बहादुर देउवा र महामन्त्री कृष्ण प्रसाद सिटौलाले आ आफ्नो उम्मेदावारी दर्ता गर्नु भएको छ भने महामन्त्रीमा शशांक कोइराला र गगन थापाको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्षमा चित्रलेखा यादव, सितादेवी यादव, उमाकान्त चौधरी र कृष्ण बहादुर कार्कीको उम्मेदवारी परेको छ ।
पदाधिकारीहरु मध्ये बाँकी सबै पदहरुमा तीन वटा समूहका आ आफ्नो समूहको उम्मेदवारी परेको छ ।
अपरान्ह १२ बजेसम्मका लागि तय गरिएको उम्मेदवारी दर्ता अन्तर्गत खुला २५ सदस्यमा ९४, खुला महिला तर्फको ६ सिटमा ४० जना, प्रदेशको १४ सिटमा १०२ जना, आदिवासी जनजाति तर्फको पुरुष ३ सिटमा ५०, महिला २ सिटमा १४ जना, दलित तर्फ ३ सिटमा २१ जना, महिलातर्फ २ सिटमा ६ जना, मुस्लिमतर्फ १ सिटका लागि १० जना, मधेशी कोटाको पुरुष तर्फ ३ सिटमा १८ जना, महिला २ सिटमा १० जनाको उम्मेदवारी परेको छ ।

Share.

Leave A Reply