योगेन्द्रमिलन छन्त्याल । पोर्तुगलमा नेपाली सामाजिक चलचित्र ‘परदेशी’ को प्रदर्शन हुने भएको छ । दर्शकलाई बहुप्रतिभाशाली लोक सर्जक एवं परदेशी फ्लिमका निर्देशक नारायण रायमाझीले विशेष साँस्कृतिक प्रस्तुति पनि पस्कने छन् ।
रायमाझीले सान्नानीले झुक्क्यायो मलाई तातोपानी तीनपाने भनेर, नमुछे आमा दहीमा टीका नछरे जमरा, लाइछौ बेशन चिन्न नि नसक्ने आइछ फेशन, हाँसेर बोलिदेऊ माया यसैगरी भेट कहिले हुन्छ र ?, कालो केशमा रातो रिबन, रहर मलाई नि लाग्छ झ्याइ झ्याई नौमती बजाउन, फूलबुट्टे चोलीमालगायतका गीतहरुले मनोरन्जन दिने छन् । चलचित्रका निर्माता राजेश बंशल पनि कार्यक्रममा आउने भएका छन् ।
मार्च १३ तारिख आइतबारका दिन ठीक ३.०० बजेबाट चलचित्र प्रदर्शन हुनेछ । कार्यक्रम CNAI को नजिकै रुवा पाल्मिरा ४६ ‘सी’ मा हुने बताइएको छ ।
नेपालमा १२० दिनको अपार सफलतापछि अब युरोपका शहरहरुमा प्रदर्शन हुदैछ । पोर्तुगलमा प्रदर्शन गरेपछि बेल्जियम, स्पेन र स्वीटजरल्याण्डमा पनि फ्लिम देखाउने बताइएको छ ।
फ्लिम व्यवस्थापन समूहले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कार्यक्रममा सहभागी भइ नेपाली कला संस्कृतिलाई माया र स्रष्टाको सम्मान गर्न अनुरोध गरेको छ ।