नेदरल्यान्ड्स २८ फेब्रुवरी। गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको राष्ट्रिय महिला समितिले नेदरल्यान्ड्स स्थित स्थानीय नेपाली सङ्घ सस्थाहरुसँग समन्वय गरेर आगामी मार्च ६ गते अन्तराष्ट्रिय नारी दिवस २०१६ मनाउन लागेको छ । महिला सशक्तिकरण, महिला अधिकार र समानता नारी दिवसका प्रमुख विषयहरू हुन् । सर्वप्रथम् १९०९ फेब्रुवरी २८ मा मनाइएको नारी दिवसको १०६औ सस्करण परेको यस वर्ष पनि विभिन्न देशमा विविध कार्यक्रम गरी मनाउने गर्दछन ।
नेदरल्यान्ड्समा यस पटक Het breed 16,1025JX,Amsterdam Noord-Naast Buikslotermeerplein भन्ने ठाउमाआगामी मार्च ६ तारिख दिउसो २ बजे देखी उक्त दिवस मनाउन लगिएको एनआरएन नेदरल्यान्ड्स महिला प्रतिनिधि एबम कार्यक्रम संयोजक साबू पौडेलले बताइन। यसपालीको नारी दिवसको कार्यक्रम मार्च ६ तारिक आइतवार परेकाले पनि उक्त दिन विशेष हुने पौडेलले बताइन । २०१६ को लागि संयुक्त राष्ट्र सङ्घले “Planet 50-50 by 2030: Step It Up for Gender Equality” भन्ने थिम राखेको छ भने सामाजिक संजालहरुमा ‘PledgeForParity’ अर्थात् “समानताका लागि प्रतिज्ञा” भन्ने थिम राखिएको छ ।
नारी दिवसको अबशरमा आयोजित यस पटकको कार्यक्रम मार्फत एनआरएन महिला समितिले बिगत बर्षदेखि संचालित पाठेघर खस्ने महिला हरुको लागि सहयोग स्वरुप संचालित परियोजना, “नारी शशक्तिकरण कोष” का लागि १ यूरोको अभियान र भुकम्पले प्रभावित नेपालको कुनै एक बिद्यालय निर्माणमा सहयोग गर्ने सम्बन्धमा बृहत छलफल हुने बताइएको छ।यो बाहेक कार्यक्रममा नारि हकहित,समानता,चेतना लगायत बिबिध बिषयमा छलफल गरिने छ ।
एनआरएन लिम्बर्ग प्रतिनिधि समेत रहेकी शान्ति घलेको सह-संयोजकत्वमा सम्पन्न हुने उक्त कार्यक्रममा उपस्थित भैदिनुहुन् नेदरल्यान्ड्स स्थित बिभिन्न संघ-संस्था,नेपाली समुदाय र बिशेष गरि महिला दिदिबहिनीहरुलाई अनुरोध गरिएको छ ।नेदरल्यान्ड्समा एनआरएन महिला समितिले हरेक बर्ष नारी दिवस मनाउदै आइरहेको छ ।