सगरमाथा आरोहणका लागि आईसफल डाक्टरहरुले बाटो बनाउने

0

२७ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। सगरमाथा आरोहणका लागि हिम-बाटो बनाउन आईसफल डाक्टर (Icefall Doctors) हरु सगरमाथाको आधार शिविरतर्फ लागेका छन्। सगरमाथा आरोहणको समयमा सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति ( SPCC, एसपीसीसी) का  १० जना आईसफल डाक्टरहरु र  व्यवस्थापकीय कर्मचारी सहितको एक टोली आज नाम्चेबाट सगरमाथाको आधार शिविरतर्फ हिँडेका हुन्। उनीहरुले आधार शिविरमा पुगेर क्याम्प खडा गरी बाटो निर्माणको काम गर्नेछन्। आईसफल डाक्टरहरु हिमाल आरोहणका लागि हिउँमा बाटो बनाउने र त्यसको मर्मत संभार गर्ने शाहसी, हिमाली आरोहणमा अनुभवि एवं हिमबाटो निर्माणका लागि उच्च शिप भएका बिशेषज्ञहरु हुन्।

२०७२ साल बैशाख १२ गतेको भूकम्पले हिमपहिरोले बाटो धेरै बिगारेको कारण यस बर्ष बाटो बनाउन बढी मेहनत गर्नुपर्ने बताईएको छ। हिमपहिरोका कारण लगातार विगतका दुई बर्षहरुमा सगरमाथा आरोहण अवरुद्ध भएको थियो। २०७१ सालको वैशाखमा हिमपहिरोमा परी १६ जना मृत्यु भएपछि र २०७२ सालको बैशाखमा आएको भूकम्पका कारण हिमपहिरो गएकोले ति बर्षहरुमा आरोहण रोकिएको थियो।

फोटो श्रोत: www.spcc.org.np

slide3 slide1

Share.

Leave A Reply