नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न अनेरास्ववियूको निर्वाचनको मतगणना आजबाट शुरु हुने भएको छ ।
सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको १७ पदाधिकारीसहित १ सय ४२ सदस्यीय समितिका लागि भएको निर्वाचनको मतगणना नेपाल प्रज्ञा–प्रतिष्ठानमा गरिने बताइएको छ । उक्त निर्वाचनमा देशभरका १ हजार ५ सय ९७ प्रतिनिधिले मतदान गरेका थिए । गत बिहीबारदेखि जारी सम्मेलनको समय लम्बिँदा मतदान ढिला भएको थियो ।
अध्यक्षमा संस्थापन पक्षा नवीना लामा र नेता माधवकुमार नेपाल पक्षका दीपक गौतमको प्यानल प्रतिस्पर्धामा छ । अध्यक्ष, महासचिवसहित १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित एक सय ४१ सदस्यीय केन्द्रीय समिति, एक सय ४६ सदस्यीय राष्ट्रिय परिषद् सदस्य र ४५ सदस्यीय तीन आयोगमा प्यानल बनाएरै उम्मेदवारी परेको थियो ।
अनेरास्ववियूको मतगणना आजबाट शुरु
0
Share.