मुलुकमा विद्यमान उर्जा संकट न्यूनिकरणका लागि सरकारले राष्ट्रिय उर्जा संकट कार्यविधि स्वीकृत गरेको छ ।
उर्जा मन्त्रालयले तयार पारेको उक्त कार्यविधि मन्त्रिपरिषदको आजको बैठकले पारित गरेको हो । मन्त्रिपरिषदद्वारा पारित उक्त कार्ययोजना छिट्टै सार्वजनिक गरिने सरकारी श्रोतले जनाएको छ । सोही बैठकले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक घोषणा समेत गरेको छ भने आगामी एक वर्ष भित्रमा आधारभूत रुपमा र दुई वर्षभित्र पूर्ण रुपमा मुलुकलाई विद्युत कटौति मुक्त बनाउने योजना सहित निश्चित कार्ययोजना सार्वजनिक गर्न पनि सरकारले मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले २१ जना उपसचिवहरुलाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताउनु भयो ।
मन्त्रिपरिषदबाट उर्जा संकट कार्ययोजना पारित
0
Share.