प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन्छ, सम्बन्धलाई अझै प्रगाढ बनाउँछः भारतीय राजदुत

0

????????????????????????????????????

काठमाडौ, ५ फागुन ।

नेपाललागि भारतीय राजदुत रञ्जित रेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमण अत्यन्तै सफल हुने विश्वास ब्यक्त गर्दै भ्रमणपछि दुई मुलुकवीचको सम्बन्ध अझै प्रगाढ बन्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदुत रेले नेपालका प्रधानमन्त्रीको यो भ्रमणलाई भारतले अत्यन्तै महत्व दिएको भन्दै दुई मुलुकवीचको पछिल्लो अवस्थाले पनि भ्रमणको महत्व अझै बढाएको बताए । उनल
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले भने,‘ पछिल्लो समयमा नेपाल र भारतवीचको सम्बन्धमा उतारचढाव आयो । प्रधानमन्त्रीको यो भ्रमणले यस्तो असहज परिस्थितिको अन्त्य गर्छ । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु हुँदैछ हामी यसबाट खुसी छौ । प्रधानमन्त्रीको भ्रमण सफल हुन्छ, प्रोडक्टिब हुन्छ, फु्रटफुल हुन्छ । यसले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ ।’
राजदुत रेले प्रधानमन्त्रीको भ्रमणमार्फत भारतले आर्थिक विकास र पुनःनिर्माणको साझेदारीमा शसक्त सन्देश दिने उल्लेख गर्दै भने,‘ हामीले जलविद्युतको कसरी विकास गरेका छौ र भुकम्प पछिको पुर्ननिर्माण कसरी गरेका छौ भनेर प्रधानमन्त्रीलाई टेहरी र भुजको भ्रमण गराउँदैछौ ।’
नयाँ दिल्ली र मम्बईमा आर्थिक क्षेत्रसँग अन्र्तक्रिया हुने जानकारी दिदै दुई देशको सम्बन्ध आर्थिक विकास र साझेदारीमा केन्द्रीत भए दुबै मुलुकको हित हुने धारणा राखे ।
राजदुत रेले प्रगाढ सम्बन्ध भएका दुई मुलुकवीच अलि अलि समस्या आउनु स्वभाविक भएको भन्दै सम्बन्धको आधार सकारात्मक भएकोले यसलाई आफूहरु अझै बलियो बनाउने पक्षमा रहेको बताए ।
उनले प्रधानमन्त्रीको भ्रमणको क्रममा पुर्ननिर्माणको विषयमा ठोस धारणा आउने भन्दै सीमा सुरक्षा लगायतका विषयलाई कानूनी रुप दिने विषयमा पनि छलफल हुने स्पष्ट पारे ।
राजदुत रेले सीमा सुरक्षाका विषयमा दुई देशका स्थानीय अधिकारी र सुरक्षा प्रमुखवीच र्भरहेको छलफल सकारात्मक भएको भन्दै पछिल्लो समयमा बढेको तस्करी आपूर्ति सहज भए पछि आफै अन्त्य भएर जाने दावी गरे ।
उनले नेपाले गठन गरेजस्तै प्रवुद्ध समूह भारतले पनि छिट्टै गठन गर्ने जानकारी दिदै त्यसले दुई मुलुकवीच कायम रहँदै आएका समस्यालाई संबादबाट सकारात्मक दिशामा अघि बढाउने विश्वास ब्यक्त गरे ।
राजदुत रेले नेपालमा प्रदेशहरुको पुनःसीमांकन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय सकारात्मक भएको भन्दै नेपालले आन्तरिक समस्या संबादबाटै समाधान गर्ने विषय सकारात्मक भएको बताए । यद्यपि उनले यी विषय नेपालको आन्तरिक मामिला भएकोले बताए ।
साक्षात्कारमा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले नेपाल भारतवीचवीच रहेको पौराणिककाल देखिको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन सहज बातावरण बनेको भन्दै प्रधानमन्त्रीको भ्रमणको क्रममा कटुताहरु विर्सिएर यसलाई सकारात्मक बनाउन सबैले सहयोग गर्नु पर्ने बताए ।
उनले भने,‘ प्रधानमन्त्रीको भ्रमण दुई मुलुकवीचको सम्बन्ध सुधारको जग बन्नु पर्छ ।
डा. थापाले नेपालको राजनीतिलाई समाधान गर्न टोवा दिनु पर्नेमा भारतले अमैत्रिक काम गरेको भन्दै अहिले सम्बन्धमा नयाँ आयाम थप्ने चुनौति रहेको बताए ।
परराष्ट्रविद्ध एवम सरकारद्धारा गठित प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमण दुई मुलुकवीच उत्पन्न असहजताको कारण र ग्याप पूर्ति गरेर सम्बन्धलाई हिजोको जस्तो मात्रै होईन नयाँ ढंगले अगाडि बढाउने विषयमा केन्द्रीत हुने भन्दै भ्रमणको क्रममा हुने उच्चस्तरीय राजनीति भेटवार्ताले असमझदारीको खाडल पुरेर आगामि दिनको चुनौतिमा सहकार्यको बातावरण बनाउने विश्वास ब्यक्त गरे ।
उनले भने,‘ भ्रमणले जनता र मुलुकको हितको प्रर्वद्धन र समस्याको अन्त्य गर्छ । मुलुकलाई आर्थिक विकासको बाटोमा लैजान छिमेकीको सहयोग अरु भन्दा महत्वपूर्ण हुन्छ । हामी स्पष्ट योजनाका साथ जानुृ पर्छ । ’
भट्टराईले काम सुरु भएर सम्पन्न नभईसकेका आयोजना पुरा गर्ने, सुरु नभएको आयोजना सुरु गर्ने, जलस्रोतको विकासमा साझेदारी र भौतिक संरचना निर्माणमा साझेदारीको विषयमा भ्रमणमा कुरा हुने भन्दै पुनःनिर्माणमा भारतीय सहयोगलाई अन्तिम रुप दिने बताए ।
परराष्ट्रविद्ध डा. दिनेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव कायम र आपसी विश्वास स्थापना गर्नेमा केन्द्रीत हुनु पर्ने भन्दै दुई मुलुकवीच कायम रहेको समस्यालाई स्पष्ट राख्नु पर्ने सुझाव दिए ।
उनले परराष्ट्र नीतिको विषयलाई ब्यक्तिगत ईगोको विषय बनाउन नहुने भन्दै भ्रमणमा विगतका सम्झौताको सिघ्र कार्यान्वयनमा केन्द्रीत गर्नु पर्ने बताए ।
भट्टराईले भने,‘ महाकाली सन्धी गराउन अहिलेकै प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्नु भएको हो । यसको कार्यान्वयनमा जोड दिनु पर्छ । नेपाल भारत सम्बन्ध प्राकृतिकको त्यसैले यो सहज हुनु पर्छ ।’
क्लबका अध्यक्ष ऋषि धमलाले नेपाल भारतवीच रहेको बहुआयामिक सम्बन्धलाई अब आर्थिक साझेदारीमा रुपान्तरण गर्न सके त्यसले सम्बन्धको आधारलाई अझै बलियो बनाउन सक्ने विश्वास ब्यक्त गर्दै सम्बन्धलाई सहज र सुदृढ बनाउन कटुताहरुलाई भुलेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।

Share.

Leave A Reply