नेपाली फुटबल टोलीको भब्य स्वागत गरिँदै

0

Nepal-Football

साग फुटबलमा स्वर्ण विजेता नेपाली फुटबल टोलीको आज काठमाडौमा भब्य स्वागत गर्ने तयारी भैरहेको छ।
२३ वर्षपछि दक्षिण एसियाली खेलुकद (साग) मा फुटबलतर्फको स्वर्ण पदक जित्न सफल नेपाली टिमलाई आज भव्य स्वागत गर्न लागिएको हो ।  टिमलाई स्वागतसहित नेपाली सेनाको गाडीमा राखेर नगरपरिक्रमा गराइनेछ । यसअघि फुटबल र क्रिकेटकै टोली उपाधि जितेर आउँदा बालुवा बोक्ने टिपरमा राखेर नगरपरिक्रमा गराइ“दै आएको थियो ।
यस पटक भने सेनाको गाडीमा परिक्रममा गराइनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहपछि सेनाले ५ ओटा पछिल्ला भागमा खुला रहेको गाडी उपलब्ध गराएको छ । आज झापाको भद्रपुरबाट घरेलु उडानमा टिम ३ बजेर ४० मिनेटमा काठमाडौ आइपुग्नेछ ।
सेनाको ब्यान्डको टुकडीका साथै सशस्त्र प्रहरी बल (एपीएफ) ले भने पञ्जेबाजाले स्वर्ण विजेता टिमलाई स्वागत गर्नेछ । एन्फाका अनुसार फुटबल टोलीको नगरपरिक्रमा त्रिभुवन विमानस्थलबाट सुरु भई तिलगंगा, गौशाला चोक, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी, पुलतीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धरा, न्यूरोड गेट, बीर अस्पताल, भोटाहिटी, जमल, केशर महल, नारायणहिटी संग्राहलय हुदै पुरानो बसपार्क हुदै फेरि भद्रकाली भएर शहिद गेट हुँदै त्रिपुरेश्वर दरबारथ रंगशालामा पुगेर सकिने छ ।

Share.

Leave A Reply