मेरो स्मृतिमा सुशील कोइराला– विनय श्रेष्ठ

0

मैले सुशील बाबुलाई नेपाली कांग्रेसको सभापति वा नेपालका प्रधानमन्त्री भन्दापनि एक सह-मानवका रुपमा चिन्ने र बुझ्ने मौका पाएँ। सन २००६-२००७ साल तिरको कुरा हो, आदरणीय दाजु माधव आचार्यले फोन गर्नु भयो। विनय भाई सुशील बाबु स्विटजरल्याण्ड आउँदै हुनु हुन्छ, भेटने हो? भनि सोध्नु भयो। बिद्यार्थी कालमा सुशील बाबुका बारेमा सुनेको र पढेको त थिएँ। उहाँको सादा जीवन, उच्च विचारका बारेमा मिडिया कै माध्यमबाट सुनेको पनि थिएँ। तर उहाँलाई प्रत्यक्ष भेटने मौका भने मिलेको थिएन। माधव दाजुले बोलाउनु भयो, सेबाख जुरीखमा। गएँ, २०-२५ स्विटजरल्याण्डका मीत्रहरु जम्मा हुनु भएको रहेछ। अनौपचारीक लधु अन्तक्रिया कार्यक्रम संचालन गर्ने कुरा भयो। सुशील बाबुसंग अन्तरकृयाको बिषयबस्तुका बारेमा छोटो छलफल पश्चात उक्त कार्यक्रमको अनौपचारीक मोडेरेशन गर्ने जिम्मा मैले पाएँ। मैले सुशील बाबुको परिचय त्यसबेलासम्म पढेको र सुनेको आधारमा नै साथीहरु बीच राखेँ। त्यस कार्यक्रमपछि मैले सुशील बाबुलाई स्विटजरल्याण्डमै १-२ पटक भेटेने मौका प्राप्त गरें। मीलनसार, सरल, मृदुभाषी, धैर्यवान र मातृभूमिप्रतिको प्रेमले ओतप्रोत ब्यक्तित्वकारुपमा मेलै उहाँलाई पाएँ। यसै समयावधिमा मेरो उहाँसंग यहाँबाटै टलिफोनमा २-४ पटक कुराकानी पनि भयो। ब्यस्तताका बाबजुदपनि धैर्यपुर्वक प्रबासी नेपालीका बारेमा सुन्ने र आवश्यकता परे तपाईहरु नेपालनै आउनुस गर्नुपर्ने काम सबै गरौंला भन्ने गर्नु हुन्थ्यो उहाँ। सन २००७-२००८ सालमा हुनु पर्छ, फेरी माधव दाजुको फोन पाएँ। सुशील बाबु र एक जना उहाँसंगै आउनु भएको अतिथिले स्विटजरल्याण्डको हिमाली पर्यटकिय क्षेत्र एङगाडिन हेर्ने ईच्छा गर्नु भएछ। मेरो पारिवारीक ब्यस्तताले गर्दा मैले उहाँलाई चाहँदा चाहँदै पनि एङगाडिन देखाउन पाईन। दुर्भाग्य मेरो, उहाँलाई एङगाडिन घुमाउने मौका अब कहिल्यै मिल्ने छैन। उहाँलाई मेरो बुझाइको एङगाडिन देखाउन नपाएको पश्चाताप जीवनभरी रहिनै रहने छ। एङगाडिन गइरहन्छु, हरेक पटक एङगाडिन जाँदा सुशील बाबुको संझनाले मलाई समाउने छ। हार्दिक एंव भावपूर्ण श्रद्धाञ्जलि सरल जीवन र उच्च विचारका धरोहरलाई।

०९ फेब्रुवरी २०१६

उस्टर, स्विटजरल्याण्ड

Share.

Leave A Reply