विनय श्रेष्ठको अचुत प्रसाद फुयाललाई उत्तर

0

मिडियाका माध्ययमले नेपाली ऐकबद्धाता मञ्च, स्विटजरल्याण्डका अध्यक्ष अचुत प्रसाद फुयाल ज्युको सेतोपाटी डट कममा प्रकाशित मेरो एक लेखका कारण ध्यानाकर्षक भएको लेख पढने मौका मिल्यो। मैले उक्त लेखलाई ध्यानपुर्वक पढेर यो प्रतिक्रिया लेख्दै छु। यो प्रतिक्रिया लेख्नु पुर्व स्पष्ठताका लागि मेलै मेरो लेख पुन: पाठन गरें।

सर्वप्रथमत: म वहाँलाई मेरो लेख पढनु भएकोमा धन्यवाद ज्ञापन गर्दछु। तर वहाँ जस्तो लामो समयदेखि निरन्तर नेपाली ऐकबद्धता मञ्च स्विटजरल्याणडको अध्यक्ष रहनु भएको परिपक्प राजनीतिक ब्यक्तित्वलाई लेखको मर्म बुझिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कुनै पनि स्विटजरल्याण्डको नेपाली संस्थाको मानमर्दन गर्ने मेरो आशय थिएन र छैन भन्ने म सबैमा विश्वाश दिलाउन चाहन्छु। फुयाल ज्युका लागि म मेरो लेखका केही वाक्यहरु यहाँ उद्धृत गर्ने अनुमति चाहन्छु, लेखाईको भाव र मर्म बुझ्न सहज होस भन्ने हेतुले लेखको एक परिच्छद नै यहाँ प्रस्तुतगर्दछु:

म स्वयं गैरआवासीय नेपाली संघ र नेपाली संघ-संस्थाहरुमा आवद्ध भएको नाताले यी समस्या र उलझनहरूबारे भुक्तभोगी हुँ। सन २००४ को जनवरीमा स्विटजरल्याण्डमा पाईला टेकेपछि म सम्पर्कमा आएको पहिलो संस्था स्वीस नेपाली समाज हो। स्वीस नेपाली समाज नेपालका विकासे परियोजनाहरुमा आफ्नो विज्ञता खर्चेर फेरि स्विटजरल्याण्ड फर्केका स्वीस मित्रहरुले स्थापना र संचालन गरेको संस्था हो। नेपालसँग सरोकार राखेर स्विटजरल्याण्डमा खोलिएको सायद यो नै पहिलो संस्था हो। त्यसपछि सन २००७ मा नेपाली जनसम्पर्क समितिको गठन र सन २००८ मा गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डको स्थापनासँगै संघ-संस्था खोल्ने क्रम तिब्र भयो। त्यसैगरि नेपाल स्वीस डट कम, स्वीस नेपाल डट कमलगायतका संचार-माध्यमहरू स्विटजरल्याण्डमा सक्रिय रहे। यसबीच अन्य विभिन्न संस्थाहरूका अतिरिक्त गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डको अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यको रुपमा काम गर्ने अवसर मिल्दा स्विटजरल्याण्ड र युरोपेली सेरोफेरोका संघसंस्थाहरूको अनुभव संगाल्ने अवसर मिल्दै आएको छ । मेरो अनुभवमा हामीहरूमा सेवाको भावना र काम गर्ने इच्छाशक्ति हुँदाहुँदै पनि सामाजिक संस्थाका मुलभूत तत्त्वहरूला ग्रहण गर्न नसक्दा प्रभावकारी र सकरात्मक प्रतिफल प्राप्त हुन सकेको छैन।

फुयाल जीको ध्यानाकर्षण माथि उद्धृत केहि वाक्यहरुमा हो भन्ने मैले वहाँकै लेखाईबाट बुझेको छु। तर मैले नेपाली ऐकबद्धता मञ्च, स्विटजरल्याण्डलाई सन २००४ मा गठन भएको होईन पनि भनेको छैन। मञ्चले स्विटजरल्याण्डको नेपाली समाजमा सक्रियता देखाएको छैन पनि भनेको छैन। जुन कुरा वहाँले प्रमुख रुपमा उठाउनु भएको छ। त्यसो त मैले नेपाली जनसंपर्क समितिले धेरै सक्रियता देखाएको छ भनेको पनि छैन। मैले के लेखेको छु भने, सन २००७ मा नेपाली जनसंपर्क समिति र सन २००८ मा गैर-आवासीय नेपाली संघको गठन भए पश्चात स्विटजरल्याण्डमा संध-संस्था खोल्ने क्रम तिब्र भएको चर्चा गरेको छु। यो मेरो ब्यक्तिगत विश्लेशण हो। साथै यो मेरो लेखकिय र वैचारिक स्वतन्त्रता पनि हो भन्ने मेरो बुझाई छ। माथि उद्धृत वाक्यहरु शब्द-शब्द केलाएर हेर्न म पाठक वर्गमा विनम्र अनुरोध गर्दछु।संस्थाहरु खुल्नेक्रम तिब्र भएको मेरो विचार राख्ने क्रममा लेखिएका वाक्यहरुबीच मैले नेपाली ऐकबद्धता मञ्च स्विटजरल्याण्डको नाम उल्लेख गर्नु पर्ने आवश्यकता देखिन।स्विटजरल्याल्याण्डमा संस्थाहरुको स्थापना हुने क्रम लेखमा उल्लेख भए अनुसार २००७-२००८ पश्चात नै भएको हो भन्ने मेरो विश्लेषण हो। फुयाल जीको यसमा फरक मत हुन सक्छ र फरक मत स्वतन्त्रतापूर्वक राख्न पाउनु पर्ने मेरो अटल विचार छ। तर फरक विचार र मतलाई प्रस्तुत गर्दा कुनै पनि लेखकलाई पुर्वाग्रहिको आरोप लगाउँदा आफैं पुर्वाग्रहि भएको स्पष्ठ देखिन सक्ने कुरामा म वहाँलाई ध्यानाकर्षण गराउन चाहन्छु। कुनै संस्थाको नाम उल्लेख गर्दैमा लेख गहकिलो हुने र नगर्दैमा हल्का हुने कुरो भएन।बिषयबस्तु, सान्दर्भिकता र आवश्यकता अनुसार कुनै पनि लेखकले आफ्नो लेखमा कुनै पनि संस्थाको नाम उल्लेख गर्न वा नगर्न सक्छन्।

उहाँले आफ्नो ध्यानाकर्षणमा आफ्नो संस्थाका क्रियाकलापहरुलाई विस्तृत रुपमा प्रस्तुत गर्नु भएको छ। तर मेरो लेखको उदेश्य स्विटजरल्याण्डको कुनै पनि संस्थाको क्रियाकलाप, स्थापना र दर्ताको चर्चा गर्नु होईन भन्ने लेख पढने जो कोहिले पनि सहजै थाहा पाउन सक्छन्। त्यसैले म फुयाल जीलाई लेखको प्रकृति, गहनता, भाव र मर्म बुझिदिनु हुन अनुरोध गर्दछु। भाव र मर्म बिनाको लेख निर्जीव बन्छ। संस्थाको नाम उल्लेख भएन भनि नकारात्मक प्रतिक्रिया मात्र दिंदा छलफल र वादविवाद निष्प्राण हुन्छन्।

प्रजातान्त्रिक पद्धति भएका देशहरुमा राष्ट्रपति र प्रधानमन्त्रीले त आफ्ना ब्यक्तिगत विचारहरुलाई लेख-रचनाका माध्ययमले सार्वजनिक गर्ने गर्दछन् भने स्विटजरल्याण्डको एक आईसिसि सदस्यले आफ्नो ब्यक्तिगत विचारै ब्यक्त गर्न नपाउने भन्ने अवश्य पनि हैन होला। आईसिसि सदस्यले स्विटजरल्याण्डको नेपाली संघ-संस्थाहरुको बारेमा तयार गरेको प्रतिवेदनमा कुनै संस्थाको नाम छुटेको हो भने त्यसलाई अवश्य पनि संवेदनशीलताकासाथ लिनु पर्ने हुन सक्छ। तरमेरो लेख भिन्न प्रकृतिको छ। लेखको भाव र मर्मलाई बुझ्दै लेखको मागलाई कसरी न्याय दिने भन्ने कुरा लेखकिय र वैचारिक स्वतन्त्रताका कुरा हुन भन्नेमा म विश्वाश गर्दछु। सभ्य, शालिनताकासाथ प्रस्तुत गरिएका कुनै पनि ब्यक्तिगत विचारलाई कुनै पनि ब्यक्ति र संस्थाले निषेधित गर्ने प्रयास गर्नु हुँदैन भन्ने मेरो मान्यता हो।

अर्को कुरा: फुयाल जीले मलाई नेपाली ऐकबद्धता मञ्चको  कतिपय कार्यक्रममा सहभागी भएको कुरा उल्लेख गर्नु भएको छ। मञ्चका मीत्रहरुसंग मेरो भेटधाट अन्य संस्थाका कार्यक्रमहरुमा हुने गरेको छ। म गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको अध्यक्ष छदाँ संघको संयोजनमा नेपाली राजदूतावास जेनेभालाई हामीले नेपाली ऐकबद्धता मञ्च र अन्य संस्थाहरु सहित संयुक्त रुपमा दोहोरो नागरिकताका लागि एक विज्ञप्ति बुझाएका थियौं। मञ्चको आधिकारीक कार्यक्रममा सहभागी हुने मौका भने मलाई अझसम्म जुरेको छैन। जुरेमा म अवस्य उपस्थित हुने नै छु।

अन्त्यमा, सन २००४ देखि २०१६ सम्मका मेरा सामाजिक सक्रियता र विचारहरु स्विटजरल्याण्डको नेपाली समाजले निकटबाट सुक्ष्म तवरले अवलोकन गरेको छ भन्नेमा म विश्वस्त छु। नेपाली समाजको एक जिम्मेवार सदस्यको हैसियतले मैले समाजमा खेल्नु पर्ने भुमिकाका सम्बन्धमा म ज्यादै संवेदनशील छु। सकारात्मक वादविवाद र सृजनात्मक क्रिटिसिज्मको म सधैं स्वागत गर्दछु। सकारात्मकका साथै नकारात्मक विरोधहरुबाट सदैब सिक्दै अगाडि बढने मेरो प्रयास रह्यो र रहने छ।

डा. विनय श्रेष्ठ

लेखक, लेख: प्रवासी नेपालीका संघ-संस्थाहरूमा किन हुन्छ विवाद?

Share.

Leave A Reply