राम कुमार श्रेष्ठ, २४ अक्टोबर, अस्ट्रेलिया। जिलोङ नेप्लिज एसोशियसनद्धारा जिलोङ्मा आयोजित दसैंं कार्यक्रममा अस्ट्रेलियाकी सांसद क्रिस्चिन कोजिन्सले नेपाली समुदायलाई टीका लगाइदिंदै आशिर्बाद दिइन । कार्यक्रममा मन्तब्य दिने क्रममा सांसद कोजिन्सले जिलोङको नेपाली समुदायसंग आफू अत्यन्तै नजिक रहेर काम गरिरहेको बताउँदै भिक्टोरियाका मुख्यमन्त्री डानियल एण्ड्र्यू र अस्ट्रेलियाका पूर्वमन्त्री एबं बर्तमान छायाँमन्त्री रिचार्ड मार्सले दसैंंको उपलक्ष्यमा आफू मार्फत शुभ-कामना पठाउनु भएको जानकारी दिइन ।
कार्यक्रममा जिलोङ नेप्लिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अभियानका तर्फबाट नेपालका लागि धेरै बर्षदेखि बिभिन्न किसिमबाट योगदान दिंदै आउनु भएका ब्राड क्लार्क र ग्राहेम केण्टलाई ‘फ्रेण्डस अफ नेपाल’ द्धारा सम्मान गरिएको जानकारी दिंदै अभियानको एउटा उद्धेस्य बिस्व शान्ती अभियानमा पनि सहभागी हुने भएकोले ‘ग्लोबल भिलेज’ अबधारणालाई उत्प्रेरित गर्नका खातिर दाजु भाई र दिदी बहिनीको भावना बिकास गर्ने उद्धेस्यका साथ मिस वर्ल्ड अस्ट्रेलियाकी न्यासनल फाइनलिस्ट राशी कपूर, अस-लन्का बिजिनेस काउन्सिलकी अध्यक्ष एबं मिस अस्ट्रेलिया श्रीलंकाकी प्रबन्ध निर्देशक डिल्किए पेरेरा, मिस श्री लंका अस्ट्रेलिया २०१५ की मिस फोटोग्राफिक सारा लियाङे र मिस श्री लंका अस्ट्रेलियाकी एक्जेक्युटिभ साभिन्दी पेरेरा जैनुदीनलाई दसैंंको पावन अबसरमा ‘फ्रेण्ड्स अफ नेपाल’ सम्मान गर्ने निर्णय गरिएको जानकारी दिनु भयो । उहाँहरु र १५ अगस्टमा आयोजना गरिएको “देशको सम्बृद्धिका लागि” कार्यशाला गोस्ठीको सम्मान कार्यक्रममा उपस्थित हुन नसकेका १५ बर्ष मुनिका अस्ट्रेलियाकै ३ जनाभित्र पर्ने एथलेस्ट अतुल श्रेष्ठ र भिक्टोरियाकै मुए थाइ च्याम्पियनमा पर्ने जोह्नी बर्केलाई सांसद कोजिन्सले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
नेपालको बिनासकारी भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने बारवन हेड्स कम्युनिटी, फ्रेण्ड्स अफ जुस, रोटरी क्लब अफ टोर्के, स्क्वाइर लफ्ट टोर्के र वेभ्स रेस्टुरेन्टलाई र ५०० डलरभन्दा बढी अर्थ संकलन गर्ने आठ बर्षकी शर्लेट अर्नोल्ड बेर्विनलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो । यो सम्मानले शर्लेटलाई अरु अर्थ संकलन गरी सहयोग गर्ने हौसला प्राप्त भएको जानकारी उन्का पिता साइमोनले मेसेज मार्फत जानकारी दिए ।
मनिला अर्यालद्धारा उदघोषण गरिएको उक्त कार्यक्रममा अनुस्का पोखरेल, प्रज्ञा कुमारी पटेल, कृतिका भुसाल, मुस्कान करन्जित, रेखा श्रेष्ठ, कल्पना घिमिरे सापकोटा, र यनु दाहालले न्रित्य प्रदर्शन, श्रेस्टी श्रेष्ठ, सल्मा बहामडम र सारा लियाङेले गीत गाउने गरे भने जय बहादुर श्रेष्ठले कबिता बाचन गर्नु भएको थियो ।