गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको प्रवक्ता मनोनित सम्बन्धमा पूर्ण असहमति रहेको जानकारी गराउदै, आफ्ना नजिकका लाई टिका लगाएर पद दिने प्रचलनको अन्त्य गरि प्रवक्ताको मनोनयन लाई खारेज गरि पुन सर्वसम्मत मनोनित गरियोस भन्ने माग गर्दै गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका पदाधिकारीहरु उपाध्यक्ष श्याम घले, कोषाध्यक्ष शुक्र श्रेष्ठ र सदस्यहरु प्रेम सापकोटा, बिजया शर्मा दर्पण र राम परियारद्वारा संयूक्तरुपमा प्रेश- विज्ञप्ति जारी गरेको छ।
संघका उपाध्यक्ष श्याम घलेद्वारा प्राप्त प्रेश-बिज्ञप्तिको पूर्ण पाठः
प्रेस बिज्ञप्ति
24 Oct. 2015
स्विटजरल्याण्ड स्थित मिडियाहरु मा विभिन्न शिर्षकमा प्रकाशित समाचारहरुमा हाम्रो गम्भिर ध्यान आकर्षण भएको जानकारी गराउदछौ। सम्बन्धित र प्रकाशित समाचारहरुबारेमा स्विसाबाशी नेपालीहरुमा बिच यो प्रेश बिज्ञप्ति मार्फत स्पस्ट पार्न चाहन्छौ।
१.बिश्व सम्मेलन सम्बन्धमा
गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सातौँ विश्व सम्मेलनमा भाग लिन स्विसबाट काठमान्डौ जाने सहभागीहरुको नामावलीको बारेमा त्यहा भागलिने हालको कार्य समितिका जिम्मेबार पदाधिकारीहरुलाई पनि थाहा नहुनु र त्यहा स्विसबाट उपस्थित सदस्यहरुको प्रश्नको जबाफदेहि नहुनु आफैमा हालको कार्य समितिको नेतृत्व प्रतिको प्रश्न हो। यस प्रकारको कार्य प्रति हामिहरु क्षामा प्राथी छौ र यस्ता कार्यहरु फेरी पनि नदोहरिन सक्दो पहल गर्ने छौ ।यस प्रति क्षामा प्राथी हुदै फेरी पनि सधै तपाइँ सम्पूर्ण स्विसबाशी नेपालीहरु बिच रहेर काम गर्ने प्रतिबद्दता ब्यक्त गर्दछौ।
२.प्रबक्ता मनोनयन सम्बन्धमा
गैह्र-आवासीय नेपाली संघ प्रजात्रान्तिक मूल्य र मान्यतामा सधै उच्च बिस्वास गर्दछ र यसको पालन पनि गर्दछ। हामिहरु सम्पूर्ण स्विसबाशी नेपालीहरुले दिनु भएको अमुल्य मत प्रति धेरै नै आभारी छौ। एनआरएनए स्विसको प्रबक्ता मनोतित सम्बन्धमा हामिहरुको पूर्ण असहमति रहेको कुरा यहा स्विसबाशी नेपालिहरु बिचमा जानकारी गराउन चाहन्छौ। एनआरएनए स्विस को पहिलो बैठकमा हामि उपस्थितहरुले उक्त कुरा उठाउदा जसरि बहुमतीय प्रक्रियामा जाने निर्यण भयो र एनआरएनए स्विस को निर्बाचन मा उपाध्यक्ष पद मा पराजित भैसकेका सन्तोष राइ को नाम प्रस्ताब गरि बहुमतीय निर्णय लादियो यो कदम हाम्रो फरक मतको अबमुल्यन मात्र नभएर सम्पूर्ण स्विसबासि मतदाताहरुको मत को अबमुल्यन हो भन्ने हाम्रो बुझाइ छ | स्विस बासि नेपालि हरुले उपाध्यक्ष पद मा अस्विकार गरि पराजित गरिसकेको व्यक्ति लाइ प्रबक्ता नियुक्ति गर्न नेतृत्व यसरि कम्मर कसेर लाग्नु, कुनै बैकल्पिक सदस्यको बारेमा छलफल नै नचलाइनुमा हाम्रो आपत्ति रहेको कुरा पनि यहा हरु लाइ जानकारी गराउन चाहन्छौ | हाम्रो भनाइ कसैगरी पनि नेपालि राजनीति को पुनरावृति एनआरएनए स्विस मा नहोस भन्ने हो | आफ्ना नजिकका लाइ टिका लगाएर पद दिने प्रचलन को अन्त्य गरि प्रबक्ता को मनोनयन लाइ खारेज गरि पुन सर्बसम्मत् मनोनयन गरियोस भनि हामि नेतृत्व संग माग गर्दछौ | निर्बाचित कार्यसमितीका सक्षम र दक्ष सदस्यहरु हुदा हुदै वा अन्य बिभिन्न एकता र समावेशीको माध्यमहरु हुदा हुदै नेतृत्वको एक तहको व्यक्तिगत हठ प्रयास र प्रवक्ताको बारेमा भ्रमित ब्याख्य गरेर भ्रम श्रीजना गरेको प्रति हामि सम्पूर्ण स्विसबासिहरुलाई सचेत रहन आग्रह गर्दछौ |
साथसाथै नेपालीहरुको रास्ट्रिय चाड दशैँ, आउदै गरेको दीपावली र छठ पर्वको पनि सुभकामना ब्यक्त गर्दछौ।
श्याम घले -उपाध्यक्ष एनआरएनए स्विटजरल्याण्ड
शुक्र श्रेष्ठ – कोशध्यक्ष
प्रेम सापकोटा – सदस्य
बिजय शर्मा दर्पण – सदस्य
राम परियार – सदस्य