यहि आउदो १५ नोभेम्बर २०१५ आईतबारको दिन स्विट्जरल्याण्डको बासेल शहरमा “सुनाकली” नेपाली डकुमेन्ट्रि प्रदर्शन गर्ने भएको छ।
अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज, स्विट्जरल्याण्डको आयोजनामा प्रदर्शन गरिने उक्त डकुमेन्ट्रि “सुनाकली” नेपालको बिगट मुगु जिल्लामा छायांकन गरिएको, नेपालको भूगोल र स्थानीय रहन-सहन बुझ्ने अवसर भएको आयोजकले बताएका छन्।
उक्त कलाकार समाजका महासचिव डा. बिजय मल्लद्वारा प्राप्त जानकारीको पुर्ण पाठः
सम्पुर्ण स्वीसवासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुलाई अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज, स्विट्जरल्याण्डको तर्फबाट हार्दिक नमस्कार साथै २०७२ सालको विजया दशमी तथा दिपावली र छठपर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभ-कामन व्यक्त गर्दछौं। सो अवसर पारि स्विट्जरल्याण्डको बासेलमा यहि आउदो नोभेम्बर १५ तारीखको दिन “सुनाकली” डकुमेन्ट्रि प्रदर्शन गर्ने र भेटघाट तथा शुभ-कामना आदन-प्रदान गर्ने कार्यक्रम आयोजना गरिने कुरा सहर्ष जानकारी गराउदछौं। उक्त “सुनाकली” डकुमेन्ट्रि नेपालको बिगट मुगु जिल्लामा छायांकन गरीएको हुनाले स्वीस तथा अन्य यूरोपेलीहरुको लागि नेपालको भूगोल, स्थानीय रहन-सहन जान्ने र बुझ्ने राम्रो अवसर हुने भएकोले आ-आफ्ना साथी, इस्ट-मित्रहरु लाई सो डकुमेन्ट्रि प्रदर्शन बारे जानकारी दिइ उच्चतम सहभागिता गराउन सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौं। साथै कार्यक्रममा नेपाली खाना तथा सेल-रोटीको पनि व्यवस्था गरिएको छ।
उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाको सहयोग, सद्धभावका साथै सहभागिता हुने छ भन्ने कुरामा अ. ने. क. स. स्विट्जरल्याण्ड आशाबादी छ।
प्रवेश शुल्क प्रति व्यक्ति- ३५ स्वीसफ्रान्क, विध्यार्थी तथा बेरोजगारहरुको लागि सहुलियत प्रति व्यक्ति २० स्वीस फ्रान्क र १२ बर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
कार्यक्रम हलको ढोका दिउसो १४:०० बजे देखि खोलीने छ भने डकुमेन्ट्रि प्रदर्शन समय दिउसो १६:०० बजे सुरु हुने छ ।
स्थानः
Quartiertreffpunkt Kleinhüningen
Kleinhuningerstrasse. 205
4052 Basel
Tram no 8 or Bus no 36 to endstation “Kleinhüningen”
सम्पुर्ण जानकारीको लागिः
धन सिंह ठकुरी ०७७ ९७३ ११ १८
बिजय मल्ल ०७८ ६४३ ७१ ३३
आशा स्टुकी ०७६ ३३५ ०८ ७४
बिजय मल्ल
महासचिव
अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज, स्विट्जरल्याण्ड