यो हो बाबुरामको राजनीतिक डायरी

0

२०२६ सालको एसएलसीमा बोर्ड फस्र्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाडौं आए । त्यतिबेला सरकारले जम्मा एक सय रुपैयाँ छात्रवृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरि चलाउन कठिन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडीको साँघुरो कोठामा मासिक ५० रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए ।
२०२७ र २०२८ सालतिर राजनीतिक दलहरू प्रतिबन्धित थिए । राजनीतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए । कम्युनिस्ट पार्टीहरू पनि फुटेका थिए । कांग्रेस नेताहरू प्रवासतिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भर्खरै गठन भएको थियो । रातोपाटी अखिल पनि भर्खरै गठन भएको थियो । विद्यार्थीहरू अखिल र नेविसंघ भनेर चुनाव लड्थे । अमृत क्याम्पसमा भने प्यानलसहित चुनाव हुन्थ्यो । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्रविरोधी मात्रै थियो । कांग्रेस वा कम्युनिस्ट थिएन ।

उनी राजतन्त्रविरोधी कसरी भए होलान् ? २०१७ सालमा बहुदलीय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु ग¥यो । त्यतिबेला उनकी जेठी आमाका दाजु अर्थात् उनका मामा कृष्णप्रसाद न्यौपाने कांग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । रातोपाटी बाबुराम त्यतिबेला ६–७ वर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्रविरोधी कुराहरू गरिरहने, के के थरी पर्चाहरू लेखिरहने गर्थे । त्यसबाट राजतन्त्रविरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले ‘राजा महेन्द्रका अपराधहरू’ भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामामार्फत उनले पढ्न पाए ।
राजा भनेको त बदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो ।

स्कुले जीवनमा जागेको राजतन्त्रविरोधी भावना अमृत क्याम्पसमा पढ्दा झनै बलियो हुँदै गयो । त्यतिबेला स्नातकतर्फबाट राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव लडेका रामराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई शपथग्रहण गर्न दिइएन । उनी राजतन्त्रविरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । रातोपाटी सिंहको गिरफ्तारी र उनलाई शपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा बाबुराम सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागिता थियो ।

बाबुराम गणेशमान पुत्र प्रदीपमान सिंह, मनमोहनका छोरा प्रकाश अधिकारीसँगै पढ्थे । अमिक शेरचनका भाइ प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियु सभापति उम्मेदवार थिए र उनले जितेका थिए । बाबुराम यतिबेला आफ्नो ज्ञान बढाउन राजनीतिक नेताहरूसँग भेटघाट गरिरहन्थे । एसएलसी बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सबैले चिन्थे । रातोपाटी उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय लगायतसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्यका लागि भने होइन । काठमाडौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो ।

एसएलसी र आइएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ पढन चण्डीगढ गए । चण्डीगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै होइन, स्वअध्ययन पनि गरे ।
हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उतिबेला चण्डीगढमा पढाउँथे ।

कार्लमाक्र्सको कम्युनिस्ट घोषणापत्र त कोर्समा नै थियो । त्यसबाहेक बाबुरामले एकपटक विश्वका सबै चर्चित व्यक्तित्वहरूको जीवनी पढिभ्याउने अठोटै गरे । गान्धीदेखि चे ग्वेभारासम्मका जीवनी पढ्दा उनलाई सबैभन्दा बढी चेको जीवनीले प्रभावित पा¥यो । रातोपाटी उनी दिनभरि नै पन्जाब विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको सुरुआतमा विश्वभरिका युवामा चेको क्रेज अत्यधिक थियो । उनी चेप्रति प्रभावित हुनुका दुईवटा कारण थियो । पहिलो, वैचारिक ढंगले उनी कम्युनिस्ट विचारप्रति आकर्षित भइसकेका थिए । दोस्रो, भारतमा कुल्लीको काम गर्ने लाखौँ नेपालीको अवस्था नाजुक थियो । बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्ने बाटो के हुन सक्छ भनेर सोचिरहेका थिए । उनी चेको सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी–गरिबहरूको बाटो हो भन्ने निष्कर्षमा पुगिसकेका थिए ।

भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डीगढमा २०३३ सालमा बाबुरामकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुरामले त्यो संगठनलाई भारतव्यापी बनाउने तयारी गरे । रातोपाटी उनी ०३४ मा इन्जिनियरिङगमा ग्राजुयट गरिसकेपछि पोस्ट ग्राजुयट गर्न दिल्ली गए । डिएनएन बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डीगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरूमा पहिलो थियो । यसले पहिलोपटक ‘फागुन ७’ को औचित्य भन्ने विचार गोष्ठीको आयोजना ग¥यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुँदैन भन्ने विषयमा बाबुरामले आफ्ना खुला विचार राखे ।

जब सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरूलाई उनले संगठित बनाएर नेपालको राजतन्त्रविरुद्धको संघर्षमा लामबद्ध बनाउन थाले, तब उनीविरुद्ध षड्यन्त्र र आरोपको शृंखला सुरु भयो । नेपालबारे केही गर्नुपर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि विषय पढ्ने विद्यार्थीलाई समेट्दै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्रविरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । रातो पाटी अघिल्लो साल बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कंदा गिरफ्तार भएका थिए । डिएनएन उनी क्यान्सरका बिरामी थिए । डिएनएन उनको उपचार गर्न दिनुपर्छ भन्ने आवाज विभिन्न मानव अधिकारवादी संगठनले उठाएका थिए । त्यहीबेला बाबुरामले नेपाली विद्यार्थीहरूको साझा संगठनका अध्यक्षका हैसियतले बिपी कोइरालाको उपचार हुनुपर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारतस्थित नेपाली दूतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । बिपीको स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खबरपछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुँदै आयो ।
दूतावासले दिल्ली युनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि यसले हलचल नै मच्यायो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारतस्थित नेपाली दूतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेलाई कारबाही गरियो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टि भयो । उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरूको साझा संगठनका रूपमा झन् स्थापित भयो । रातो पाटी नेपाली कांग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालीन चौम लगायतका दलहरूले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले ।

२०३४ सालकै माघमा ओखलढुंगाको टिम्बुरबोट काण्डका क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलगायतलाई पञ्चायती शासकहरूले मृत्युदण्ड दिए । रातो पाटी पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्डविरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा विरोध जुलुस निकालियो । यो नै बाबुरामको जीवनमा सहभागी भएको त्यतिबेलाको पहिलो ठूलो राजनीतिक गतिविधि थियो । पञ्चायती सामन्त र राजावादीले बाबुरामको गणतन्त्र पक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।

दिल्लीमा तुलसीलाल अमात्य समूहको बढी प्रभाव थियो । दिल्लीको मोतिमहल भन्ने होटलमा सय डेढसय नेपाली मजदुर काम गर्थे । बाबुराम उनीहरूका बीचमा गए र संगठन विस्तार गर्न तथा नेपालमा राजतन्त्रको अन्त्यका लागि उनीहरूलाई जागरुक गर्न थाले । उनी नेपाली मजदुरबीच भिज्दै गए । डिएनएन राजु नेपाली, जो हाल एमाओवादी नेता छन्, मार्फत् बाबुराम भारतका मजदुरबीच घुलमिल हुन थाले । रातो पाटी दिल्लीमा वामदेव क्षेत्री, विष्णुहरि शर्मा, फरिदाबादमा पदम राना, तिलक परियारलगायत मजदुरसँगको सम्पर्कले उनी नेपाली मजदुरहरूबीच क्रियाशील बन्दै गए ।

त्यति नै बेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो । बाबुरामकै नेतृत्वमा प्रत्येक वर्ष नेपालका वरिष्ठ व्यक्तित्वहरू र राजनीतिक दलका प्रतिनिधिहरू बोलाएर भारतमा सेमिनारहरू आयोजना हुन थाले । रातो पाटी नेपालमा प्रतिबन्धित कांग्रेस, कम्युनिस्ट सबै पार्टीहरूसँग उत्तिकै सम्पर्क भए पनि बाबुराम वामपन्थीतिर नै बढी ढल्के । पहिल्लो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुवैसँग समदुरीमा रहे । उनी यसअघिको दुई वर्ष तटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनुपर्छ भन्ने विचारका कारणले थियो ।

उनी २०३६ सालमा आफ्नो विद्यावारिधिका लागि जवाहरलाल नेहरू विश्वविद्यालयमा भर्ना भए । २०३७ सालमा चीनमा प्रतिक्रान्ति भएपछि तत्कालीन मालेले समर्थन गर्यो । र चौमले विरोध गर्यो । त्यसपछि बाबुरामले चीनमा प्रतिक्रान्तिका विरुद्ध उभिनेहरूलाई समर्थन गरे । रातो पाटी माओको देहान्तपछि प्रतिक्रान्ति भयो भन्ने विचार चौमसँग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंहमार्फत त्यो पार्टीको सदस्यता नै लिए । बाबुराम ०३७ पछाडि अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरूका बीचमा राजनीतिक काममै खटे ।

अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा सर्वमान्य नेता थिए । मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संघर्षका काममा सरिक गराउँथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएका बेला उनलाई कालोझन्डा देखाउँदा बाबुराम आफ्नो जीवनमा पहिलोपटक गिरफ्तारीमा परे ।
२०४२ सालमा बाबुराम काठमाडौं फर्के । काठमाडौं फर्कनुअघि नै उनले निर्णय गरिसकेका थिए, पूर्णकालीन राजनीति गर्नेबारे । उनी मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वागमती ब्युरो सदस्य भएर कम्युनिस्ट राजनीतिमा सक्रिय भए । डिएनएन उनी नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले लैजानुपर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहनविक्रमसँग मतभेद बढ्यो । तर, उनी सधैँ क्रान्तिकारी पार्टीहरू बीचको एकतामा जोड दिन थाले । रातो पाटी त्यतिबेला दूधकाण्ड, रंगशाला काण्ड, मेघालयका शरणार्थी विषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पञ्चायत शासनविरुद्धको आन्दोलनमा सरिक भए ।
२०४६ सालको जनआन्दोलनताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको नेपाल बन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । त्यो दिनको उत्कर्षले नै पञ्चायती व्यवस्थाको अन्त गर्यो ।

२०४६ को परिवर्तनपछि नयाँ प्रक्रियामा जानका लागि उनले पार्टी एकताको पहल गर्न थाले । बाबुराम, सिन्धुनाथ प्याकुरेल, काईला बा, दिलबहादुर श्रेष्ठ, सीताराम तामाङलगायत मिलेर पार्टी एकताका लागि २०४७ जेठमा ‘फोरम फर युनिटी’ बनाए । रातो पाटी त्यतिबेला एकता केन्द्र बनेको थिएन । एकता केन्द्र २०४७ मंसिरमा बन्यो । डिएनएन पार्टीगत रुपमा मोहन विक्रमसँग विद्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुरामहरू अलि ढिलो समावेश भए । संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तिका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरूले एकता केन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो ।
यसले २०४८ को चुनावमा नौ वटा सिटमा विजय हासिल ग¥यो र तेस्रो ठूलो दल भयो । सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रि«यता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोसाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ वैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्यो । त्यसपछि चैत २४ लाई लोकतन्त्रको र वैशाख २१ लाई राष्ट्रि«यतासम्बन्धी संघर्षको दिनका रुपमा मनाइन थालियो ।

२०४६ को जनआन्दोलनबाट प्राप्त सीमित अधिकारबाट मात्र पुग्दैन, जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ मा जनयुद्ध सुरु ग¥यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारसँग राखेर सशस्त्र युद्धमा जाने घोषणा ग¥यो । र व्यवस्थित युद्धमा उनीहरू सामेल भए ।
२०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दाबाहेक सबै समय भूमिगत बसे ।

-रातोपाटी बाट

Share.

Leave A Reply