त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार

0

कुनै पनि देशको अन्तर्राष्ट्रिय विमानस्थलले त्यस देशको आवागमन सहज पार्नमात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउन पनि सहयोग पु¥याउँछ । अन्तर्राष्ट्रिय विमानस्थल भनेको देशको ऐना पनि हो, किनभने देश प्रवेश गर्ने कुनै पनि विदेशी, चाहे ती पर्यटक हुन् अथवा कूटनीतिज्ञ, व्यापारी उनीहरूले देशको पहिलो झलक अन्तर्राष्ट्रिय विमानस्थलबाटै पाउने गर्छन् । नेपालमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अहिले नेपाल र नेपालीलाई विश्वसँग जोड्ने काम गरिरहेको छ ।
वि।सं। २००६ मा काठमाडौंको गौचरणमा डाकोटा थ्री विमान अवतरण भएपछि यहाँ हवाई उड्डयनको सुरुवात भएको मानिन्छ । वि।सं। २००७ देखि भारतको इन्डियन नेसनल एयरवेजले पटना, कलकत्ता र दिल्लीबीच काठमाडौंसम्मको व्यावसायिक उडान सुरु गरेको थियो । सुरुका वर्षहरूमा गौचरणस्थित ३ हजार ७५० फिट लामो घाँसे मैदानबाटै हवाई उडान हुने गरेकोमा सन् १९५४ मा सो धावनमार्गलाई पक्की बनाइयो । सन् १९६४ मा भारत सरकारको सहयोगमा उक्त विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गरियो । त्यसपछि सन् १९६६ मा धावनमार्गलाई ६ हजार ६०० फिटसम्म विस्तार गरी पक्की बनाइयो भने सन् १९७५ मा १० हजार फिट लामो र १५० फिट चौडा तुल्याइयो । त्रिभुवन विमानस्थलको हालको धावनमार्ग ३ हजार ५० मिटर लामो, ४५ मिटर चौडा छ । यो विमानस्थलमा १ अन्तर्राष्ट्रिय टर्मिनल, १ आन्तरिक टर्मिनल र १ प्रशासनिक भवन छ भने विमानस्थल भन्सार प्रशासनको छुट्टै भवन र गोदाम छ । यस विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब २०० र अन्तर्राष्ट्रियतर्फ औसतमा ७० उडान हुने गरेकोमा हालैको महाभूकम्पपछि उडान संंख्यामा गिरावट आई आन्तरिकतर्फ ७० र अन्तर्राष्ट्रियतर्फ ३० देखि ४० उडानमात्र भइरहेको छ, जसबाट दैनिक १५ हजार यात्रुले ओहोरदोहोर गर्छन् । काठमाडौं विमानस्थलबाट नेपाल वायुसेवा निगमसहित २६ वायुसेवा कम्पनीले दैनिक उडान भरिरहेका छन् । यदि सही ढंगले व्यवस्थापन हुने, हवाई आकाशलाई अझ बढी खुला बनाउने हो भने काठमाडौं उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्यामा अझ ठूलो वृद्धि हुन सक्छ र यो हवाई ट्रान्जिटस्थलसमेत बन्न सक्ने देखिन्छ । तर, यसका लागि धेरै कुरामा आधारभूत परिवर्तन र सुधार भने गरिनु आवश्यक छ ।
त्रिभुवन विमानस्थलको भौतिक पूर्वाधार सुुधारका लागि विगत लामो समयदेखि समय–समयमा विभिन्न परियोजना सञ्चालन भइरहेका देखिन्छन् । भौतिक पूर्वाधारको सुधारका लागि एसियाली विकास बैंक ९एडीबी० ले गुरुयोजना नै बनाई लगानी गरिरहको छ । विमानस्थलको धावनमार्ग, ट्याक्सीवे, टर्मिनल कक्ष, एप्रोन, ह्यांगर साइटजस्ता भौतिक पूर्वाधारको पुनर्संरचना, मर्मतका लागि करोडौं खर्च गरिसकिएको छ । हालको उडान चाप र धावनमार्गको उपलब्धताका आधारमा त्रिभुवन विमानस्थल साँघुरो बन्दै गइरहेको अनुभूति गरिएको छ ।
त्रिभुवन विमानस्थलको विकल्पमा अर्को बृहत् क्षमतायुक्त अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो औंल्याइएको छ । यसका लागि बाराको निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि भनेर अध्ययनसमेत भइसकेको छ । साथसाथै लुम्बिनी र पोखरास्थित क्षेत्रीय विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकसित गर्ने काम थालनी भइसकेको छ, तर पनि देशको राजधानीभित्र रहेको अन्तर्राष्ट्रिय विमानस्थललाई तत्कालै विस्थापन गरिहाल्न सकिँदैन र त्यसो गर्नु पनि हुँदैन ।
पर्यटन उद्योगमात्र नभएर जुनसुकै सेवाक्षेत्रका लागि पनि उपभोक्ता अथवा ग्राहक सेवा अभिन्न अंग हो । हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ । नेपालभरिकै सबै विमानस्थलको व्यवस्थापनदेखि नेपालमा वायुसेवा कम्पनीहरूको अनुमति, उडान स्वीकृति, प्रशिक्षण र निरीक्षण, हवाई सेवा सुरक्षासमेतको दायित्व नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि नै भएकाले अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै प्रशिक्षित जनशक्तिहरूको परिचालनमा कमजोरी झल्किएको छ ।
त्रिभुवन विमानस्थललाई बलियोसँग पुनर्संंरचना गरेर यसको क्षमता बलियो बनाउनका लागि केही महŒवपूर्ण कुरामा ध्यान दिनुपर्छ ।

आन्तरिक विमानस्थलको व्यवस्थापन
त्रिभुवन विमानस्थलको धावनमार्ग, टर्मिनल भवन व्यवस्थापन गर्नका लागि स्थानको अभाव मुख्य समस्या बनेको छ । यसर्थ उपत्यकाभित्रै भक्तपुर, ललितपुर अथवा काभ्रेपलान्चोकको बनेपा, धुलिखेल, पाँचखाल क्षेत्रतर्फ उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गरी त्यसलाई ‘टर्मिनल टु’का रूपमा उपयोग गरिनुपर्छ । यसले अन्तर्राष्ट्रिय टर्मिनललाई विस्तार गर्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ अथवा हालसम्म अधिग्रहण गरिएका भूमिको तत्कालै प्रयोग गरी आन्तरिकतर्फ छुट्टै रनवे र टर्मिनल भवन बनाउनुपर्छ । काठमाडौंबाहिर उडान आधार भएका स्वदेशी वायुसेवा कम्पनीहरूले सम्बन्धित विमास्थलमै पार्किङ गर्ने अनिवार्य व्यवस्था गर्दै आन्तरिक उडानको सञ्जाललाई विस्तार र व्यवस्थापन गरिनुपर्छ ।
त्रिभुवन विमानस्थलमा बहुपक्षीय सुधार
त्रिभुवन विमानस्थलको हालको समस्या भनेको पूर्वाधारसँगसँगै व्यवस्थापनजन्य समस्या पनि हो । यसर्थ विमानस्थल सुधारका लागि निम्न उपायहरू अपनाउनुपर्छ ः
१। विमानस्थलको उज्यालोपन ः हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त उज्यालोपन छैन । प्रवेशद्वारदेखि विमान चढ्ने अवस्थासम्म पर्याप्त उज्यालो हुने गरी विद्युत्, सौर्यऊर्जा, उज्यालोदेखि रंगरोगन, भवनमा प्रकाश आवर्तन हुने खालका झ्यालहरूको प्रयोग गर्नुपर्छ ।
२। सरसफाइ ः नेपाल आउने हुन् वा नेपालबाट विदेश जाने, जुनसुकै यात्रुलाई पनि खड्किने विषय भनेकै विमानस्थलको सरसफाइ हो । विमानस्थलमा हरेक पल, सरसफाइ चुस्तदुरुस्त बनाउनका लागि अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूका अनुभव हेरेर यहाँ पनि निजी क्षेत्रलाई जिम्मेवारी दिन सकिन्छ ।
३। लगेज व्यवस्थापन ः अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज व्यवस्थापनका लागि एकदमै कमजोर व्यवस्था छ । कुन वायुसेवाबाट कतिखेर लगेज आउने, यात्रुले कतिखेर पाउने भन्ने कुनै सूचना प्रणाली नै छैन । लगेज व्यवस्थापनका लागि युवाजनशक्तिलाई करार सेवामा परिचालित गर्न सकिन्छ । लगेज व्यवस्थापन गर्दा यात्रुका कुनै पनि सामान टुटफुट नहुने कुराको प्रत्याभूति गरिनुपर्छ । विमानबाट उतारेदेखि यात्रुले प्राप्त गर्दासम्म सही तरिकाले बोक्ने, त्यसलाई कन्भेयर बेल्टसम्म राख्ने कार्य ९ह्यान्डलिङ० हुनुपर्छ ।
४। कन्भेयर बेल्ट ः विमानबाट लगेज आउनेबित्तकै त्यसलाई सहज ढंगले यात्रुसम्म पु¥याउने कन्भेयर बेल्ट, बेलाबेलामा चुँडिने, बिग्रने गर्दा यात्रुले निकै सास्ती पाउने गरेका छन् । त्यसर्थ, हालको पुरानो कन्भेयर बेल्टलाई तत्कालै परिवर्तन गर्नुपर्छ ।
५। भन्सार व्यवस्थापन ः हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार सूचना प्रणाली निकै कमजोर छ । कुन यात्रु ग्रिन च्यानलबाट जाने हो, कुन यात्र रेड च्यानलबाट जाने हो भन्ने मात्र होइन । भन्सारका दरहरूसमेत कम्युटराइज्ड सूचना प्रवाहित गर्ने व्यवस्था मिलाउनुपर्छ ।
६। विमानस्थलको आगमन र प्रस्थान कक्षमा चुस्त, दुरुस्त ९स्मार्ट०, तोकिएको औपचारिक सफा पोशाकसहितका अंग्रेजी बोल्न जान्ने सहयोगीहरू परिचालन गर्नुपर्छ ।
७। विमानस्थलमा आतिथ्य सत्कार शिक्षा वा पर्यटन विषयमा अध्ययन गरेका जनशक्ति परिचालन गरी प्रभावकारी उपभोक्ता अथवा ग्राहक सेवा प्रदान गर्ने सुनिश्चित तुल्याउनुपर्छ ।
८। अध्यागमनमा चुस्त, दुरुस्त, तोकिएको औपचारिक सरकारी पोसाकसहितका कर्मचारीहरूका साथै अत्याधुनिक कम्प्युराइज्ड प्रणाली जडान गर्नुपर्छ । आवागमन, बहिर्गमनसम्बन्धी फर्महरू नेपाली कागजमा प्रिन्ट गरिए नेपालको पहिचान झल्काउँछ । यस्ता फर्महरू भने राम्रोसँग लेख्ने कलमहरू राखिनुपर्छ । यात्रुको आगमन र बहिर्गमनसम्बन्धी सूचनालाई मोबाइल एप्लिकेसन, कम्प्युटर सफ्टवेयरका माध्यमले डिजिटल इन्ट्री गर्ने व्यवस्था मिलाइनु समयसापेक्ष हुनेछ ।
९। विमानस्थलमा लगेज बोक्न प्रयोग गरिने ट्रलीहरू चुस्त, दुरुस्त, सही हालतका हुनुपर्छ ।
१०। आगमन र बहिर्गमनमा बालबालिका, वृद्ध, अशक्तहरूलाई सहयोग गर्ने र उनीहरूको सही व्यवस्थापन हुनुपर्छ । विमानस्थलकै आगमन, बहिर्गमन कक्षमा बालबालिकाका लागि छुट्टै कक्ष राख्नुपर्छ । वृद्धवृद्धा र अशक्तहरूका लागि दुरुस्त अवस्थाका ह्विलचेयरहरू र अन्य सुविधाहरूको प्रबन्ध गर्नुपर्छ ।
११। विमानस्थलको विद्युतीय भ¥याङलाई नयाँ प्रविधिको र स्वचालित नै राख्नुपर्छ ९‘रिप्लेस’ नै गर्नुपर्छ० । उक्त भ¥याङ चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्छ ।
१२। हाम्रो विमानस्थलको शौचालयको भौतिक सुविधादेखि सरसफाइ कमजोर अवस्थामा छ । शौचालयलाई पूर्ण रूपमा स्तरोन्नति गरी सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
१३। विमानबाट उत्रेपछि चढ्ने सवारी साधनहरू वातानुकूलित, न्यूनतम सुविधा भएका, आधुनिक हुनुपर्छ ।
१४। विमानस्थलमा प्रवेश गरेपछि, आउने र जाने अवधि नभइन्जेलसम्मका लागि राखिएको प्रतीक्षालयमा सुविधाजनक सोफा, कुर्सी, पानी, चिया–कफी, इन्टरनेट आदिको व्यवस्था गरिनुपर्छ ।
१५। विमानस्थलभित्र आँखै बिझाउने गरी कुनै पनि संघसंस्था, व्यापारिक कम्पनीले विज्ञापन गर्दा असुहाउँदिलो देखिएको छ । यसर्थ विमानस्थलभित्र विज्ञापन सूचना, स्टिकर वा बोर्ड राख्ने÷टाँस्ने सन्दर्भमा स्पष्ट आचारसंहिता बनाउनुपर्छ ।
१६। प्रस्थान कक्षमा यात्रुहरूका लागि सही सूचना प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्छ ।
१७। विमानस्थलको मूल टर्मिनल भवनबाट बाहिर निस्केपछि निःशुल्क सहयोगी सेवा उपलब्ध गराइनुपर्छ । यसमा आतिथ्य सत्कार अध्ययन गरेका विद्यार्थीहरूले स्वयंसेवा वा इन्टर्नसिप गर्न सक्छन् ।
१८। टर्मिनल भवनमै सहरको नक्सा र अत्यावश्यक जानकारी राखिनुपर्छ । नेपालको पहिचान झल्कने तस्बिर र चित्रहरू आगमन कक्षमै राखिनुपर्छ ।
१९। होटलहरूको जानकारी व्यवस्थित र एकीकृत ढंगले दिइनुपर्छ ।
२०। मुद्रा सटही ९एक्सचेन्ज० का लागि पर्याप्त सेवा उपलब्ध गराउनुपर्छ ।
२१। सहरी ट्याक्सी र विमानस्थलदेखि प्रमुख होटलहरूसम्म सञ्चालित हुने एयरपोर्ट ल्युमिजिन्स, बसहरूको व्यवस्था गरिनुपर्छ ।
२२। विमानस्थलबाहिरको बगैंचा र सडकमा घाँस, बोटबिरुवाको उचित व्यवस्थापन हुनुपर्छ ।
२३। अत्यावश्यक स्वास्थ समस्यामा तत्कालै परिचालित गर्न सकिने गरी हेल्थ डेस्क राखिनुपर्छ ।
अन्त्यमा, हालको भूकम्पले पर्यटन उद्योगलाई नराम्रो धक्का पु¥याएको अवस्थामा अब यसको पुनरुत्थानका निमित्त सबैभन्दा उत्तम उपाय नै आएका पर्यटकहरूलाई उत्कृष्ट सेवा प्रदान गरेर उनीहरूबाटै गरिने प्रचारप्रसारले मात्र पर्यटन उद्योगले शीघ्र पुनर्जीवन प्राप्त गर्ने कुरामा शंका छैन ।
९सूचना प्रणाली व्यवस्थापन विज्ञ राणा गेट कलेजका अध्यापक हुन् ।

जीवनजंग राणा

Share.

Leave A Reply