गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको गत ०७ जुन २०१५ दिन बसेको बैठकले आगामी २३ अगष्ट २०१५ का दिन संघको पाचौ अधिवेशन तय गरेको छ । बेल्जियम स्थित गैर आवासीय नेपाली हरुलाई सस्थाको सदस्यता वितरण तथा नबिकरण को लागी देहाय बमोजिम अनुसार सदस्यता निवेदन खुल्ला गरिएको जानकारी गराईएको छ ।
१) गैर आवासीय नेपाली संघ बेल्जियमको साधारण सदस्य तथा पंजीकृत सदस्यताको वितरण तथा नबिकरण को लागी ०७ जून देखि ३१ जूलाई २०१५ सम्म सदस्यता आवेदन फारम खुल्ला गरिएको छ ।
२) गैर आवासीय नेपाली संघ बेल्जियमको साधारण तथा पंजीकृत सदस्यता निवेदन फारम बेल्जियमका बिभिन्न क्षेत्रमा उप-संयोजक संग सम्पर्क गरि निवेदन दिन सकिने छ ।
क) लुभेन क्षेत्र :-
उप-संयोजक :- राम हरी घिमिरे (०४८७७१०१८९)
ख) आन्त्रोपेन क्षेत्र :-
उपसंयोजक :- हेमराज सापकोटा (०४८६५७७१२०)
ग) ब्रसेल्स क्षेत्र :-
उप-संयोजक :- अर्जुन धिमिरे (०४८६५७१६६८ )
घ) गेन्ट क्षेत्र :-
उप-संयोजक :- कृष्ण पराजुली (०४८४०६३१७१)
ङ) ब्रुगे ओस्टन्डे क्षेत्र :-
उप-संयोजक :- मोहन राउत
३) गैर आवासीय नेपाली संघ बेल्जियमको साधारण तथा पंजीकृत सदस्यताको शुल्क नया निवेदन शुल्क यूरो १५ र नबिकरण को लागी यूरो १० लाग्ने छ ।
४) गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदनको लागी २ बर्ष बेल्जियममा स्थाई/अस्थाई रुपमा बसोबास गरेको हुनुपर्ने छ । साथै दुई बर्ष भन्दा बढी पेशा, रोजगारी वा ब्यवसाय गरी बसेका नेपाली नागरिक तथा नेपाली मूलका बिदेशी नागरिक निजको हजुर-बुवा हजुर-आमा, बाबु आमा, नेपाली नागरिक रहेकोले सदस्यताको लागि आबेदन दिन सक्नेछन ।
५) गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदनको लागी १८ बर्ष पुरा गरेको हुनु पर्ने छ । सन् १९९७ को जुलाई ३१ भन्दा अगाडि जन्म भएका ब्यक्तिले सदस्यताका लागि आबेदन दिन सक्नेछन ।
६) गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता आबेदनको लागि बेल्जियममा कम्तिमा पनि २ बर्ष बसोबास गरेको प्रमाण खुलेको (ID-Card/Passport/Annex ) को फोटो कपी र दस्तुर शुल्क सहित पेश गर्नु पर्ने छ । फारम संगै दुइ प्रति पासपोट साईजको फोटो अनिबार्य हुनु पर्नेछ ।
७) नेपाल देखि बेल्जियममा अध्ययन गरिरहेका नेपाली बिध्यार्थीहरु र कुट्नितिक नियोगका कर्मचारी तथा तिनका परिवारले गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यताको लागी निवेदन दिन पाउने छैनन् ।
८) गैर आवासीय नेपाली संघ बेल्जियमको वेबसाइट http://nrnbelgium.org/images/files/membership%20application%20form.pdf बाट डाउनलोड गरि सदस्यता फारम प्रिन्ट गर्न पनि सकिने छ ।
९) NRN ICC ले पारित गरेको नया विधान अनुरुप NCC हरुलाई निर्देशन गरेको बिधानतह रीत पुगेका सबै गैर आवासीय नेपालीहरुले NRNA NCC बेल्जियमको आवेदन फारम पेश गर्न सक्ने छन ।
१०) रीत नपुर्याई अस्पष्ट कागजात सहित पेश गरिएको निवेदन लाई खारेज गरिने छ ।
११) सदस्यता आबेदनका लागि क्षेत्रीय प्रतिनिधिलाई स्वयं उपस्थित भएर बुझाउनु पर्नेछ । आँफै उपस्थित हुन नसकेमा एक घरको परिवारका सदस्य तथा ‘रूम पार्ट्नर’ले फारम बुझाउन सक्नेछन । समूहगत रूपमा सादस्यता आबेदन फारम बुझाउन पाईने छैन ।
१२) गैर आवासीय नेपाली संघ बेल्जियमको माथि उल्लेख गरिको अन्तिम मिति सम्म सदस्यता फारममा उल्लेख गरिएका सबै विवरण भरेर बुझाउनु पर्नेछ ।
१३) प्रकृया पु-र्याएर आएका सदस्यताका निवेदनहरुलाई अन्तिम रूजु गर्ने अधिकार समितिमा निहित हुन्छ र निजले चुनावी प्रकृयामा भाग लिन पाउने छन ।
१४) प्रारम्भिक सदस्यता र जुनियर एनआरएन ए सदस्यताका लागि यो समितिले आबेदन लिने छैन । त्यस्तो सदस्यता कार्य समिति आँफैले ब्यबस्थापना गर्नेछ ।
१५) गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता प्राप्त गरेका सदस्य हरुलाई सदस्यता कार्ड क्षेत्रीय उप-संयोजक द्वारा सम्वन्धित क्षेत्रमा वितरण गरिने छ ।
१६) गैर आवासीय नेपाली संघ बेल्जियमको पाचौ अधिवेशन लाई ध्यानमा राखी स्थाई रुपमा आगामी १ जूलाई देखि ३० अगष्ट सम्म सस्थाको अधिवेशन सम्वन्धित काम कारवाही को लागी Diestsesteenweg 65, 3010 Kesselo-Leuven मा खोलिएको कार्यालयमा गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता निवेदन फारम बुझाउन पनि सकिने छ ।
बिष्णु सापकोटा
सदस्यता वितरण तथा नबिकरण
संयोजक तथा सचिव एनआरएन ए बेल्जियम