१३ वैशाख, काठमाडौं । भुकम्पको कारण सगरमाथा आधार शिविरबाट आइतबार १८ शव फेला परेका छन् । ति सबै नेपाली नागरिक हुन् । मृतक शेर्पा समुदायका छन् ।
भुकम्पका कारण पुमरीबाट ठूलै हिमपहिरो झर्दा सगरमाथा आधार शिविरमा बसेकाहरु पुरिएको प्रत्यक्षदर्शीले बताएका मकालु एडभेन्चर ट्रेकिङ एजेन्सीका प्रमुख मोहन लम्सालले जानकारी दिए ।
१८ शव र ७१ जना घाइतेलाई आइतबार काठमाडौं ल्याइएको छ । हिमपहिरो पन्छाउन बाँकी नै रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ ।
यो सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले धेरै जना सगरमाथा आधार शिविर पुगेका थिए । घाइतेहरुलाई सी डब्लू क्लिनीक, केएमसी, नर्भिक लगायतका अस्पतालमा लगिएको छ । लामटाङ क्षेत्रमा पनि धेरै पर्यटक हताहति भएको अनुमान गरिएको छ ।
-अनलाईन खबर