सन्धिखर्कदेखि दिल्लीसम्म सिधा बस सेवा सुरु

0

अर्घाखाँची, चैत १७ गते । अर्घाखाँचीको सन्धिखर्कदेखि भारतको नँया दिल्लीसम्म सिधा बस सेवा सोमबारदेखि सञ्चालन भएको छ । रोजगारीका लागि भारतमा जान बाध्य नेपालीलाई जान–आउन सीमा तथा अन्य क्षेत्रमा पर्ने झन्झटबाट मुक्ति दिलाउने उद्देश्यका साथ बस सेवा सञ्चालनमा ल्याइएको हो । यात्रुको सुविधालाई मध्यनजर गरी सुपा देउराली टुर एन्ड टुर्स प्रालि दिल्ली र पश्चिम नेपाल बस व्यवसायी समितिको सम्झौताअनुसार सन्धिखर्कबाट सोमबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन बस सेवा सञ्चालन हुने समिति अर्घाखाँचीका शाखा प्रमुख कमल भट्टराईले जानकारी दिनुभयो ।

भारतबाट आउँदा सीमा क्षेत्रमा पर्ने झन्झट तथा यात्रु लुटिने, सामान चोरी हुनेजस्ता समस्याबाट अब नेपालीले मुक्ति पाउने भएका छन् । सन्धिखर्कबाट दिल्लीसम्म १८ घन्टामा पुगिने र भाडा प्रतिव्यक्ति नेपाली रु दुई हजार १०० रहेको छ ।
बस सेवाको सोमबार एक कार्यक्रमबीच सुपा देउराली टुर एन्ड टुर्स प्रालि दिल्लीका अध्यक्ष हरिप्रसाद भट्टराई र पश्चिम नेपाल बस व्यवसायी समिति अर्घाखाँचीका रुट इन्चार्ज रामु बस्नेत तथा कमल भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । रासस

Share.

Leave A Reply