सिङ्गापुर—विश्वले आज सिंगापुरलाई विकासको एउटा मोडेलको रुपमा आत्मसात गर्दछ। दोस्रो विश्वयुद्धपछि जापान र अरु धेरै मुलुकहरु विकासका लागि छटपटाइरहेका थिए। त्यो बेला सिंगापुर एसियाकै गरिब मुलुकको सूचिमा थियो। शिक्षाको स्तर नाजुक थियो, उद्योग कलकारखाना थिएनन्।
नागरिकलाई सामाजिक सुरक्षाको कुरा त कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो। यो सन् १९६० तिरको कुरा हो। त्यही बेला सिंगापुरले एकजना शासक पायो- लि क्वान।सिंगापुर आजको सिंगापुर हुनुमा उनकै योगदान छ। दूर दृष्टि र कठोर व्यवहार भएका तीनै लिका कारण आज सिंगापुर विश्वभरिकै व्यापारिक केन्द्रको रुपमा स्थापित भएको छ। ३० वर्षसम्म लीको नेतृत्व पाउँदा यो सामुन्द्रिक टापु एउटा सफल विकसित देश बन्न पुग्यो। आधुनिक सिंगापुरका निर्माता लि क्वानको सोमबार बिहान ९१ वर्षको उमेरमा निधन भएको छ। सिंगापुरको आर्थिक चमत्कारका सूत्रधार उनले निजी तथा पूँजीवादको मिश्रित अर्थव्यवस्थालाई अपनाएर मुलुकमा आर्थिक चमात्कार सम्भव बनाए। सिंगापुरलाई सम्बृद्ध, आधुनिक तथा भ्रष्ट्रचामुक्त बनाउने श्रेय लिलाई दिने गरिन्छ। चिनियाँ आप्रवासी परिवारको तेस्रो पिढीँमा उनको जन्म १६ सेप्टेम्बर १९२३ मा सिंगापुरमै भएको थियो।
उनको परिवेशमा पूर्ण वेलायतको प्रभाव रह्यो। १९४२ जापानले हमला गर्दा उनको स्कूले जीवन प्रभावित बन्यो। राम्रो अंग्रेजी भएका लि ले जापानी प्रचार विभागमा समेत काम गरे। युद्ध समाप्त भएपछि उनले लन्डन स्कूल अफ इकोनोमिक्स तथा क्याम्ब्रिजबाट कानुनको पढाइ पूरा गरे।वेलायतमा रहँदा उनले बीबीसी रेडियोमा काम गरे। विद्यार्थी कालदेखि नै समाजवादी आन्दोलनमा होमिए उनी विश्वविद्यालयको पढाइ पूरा गरेपछि सिंगापुर फर्किए र एक मुख्य ट्रेड युनियन वकिलको रुपमा काम गर्न थाले।१९५४ मा उनले पिपुल्स एक्सन पार्टी (पिएपी) को स्थापना गरे र पार्टीको महासचिव बने। त्यसपछिका ४० वर्षसम्म उनी पार्टीको सोही पदमा रहे।
पीएपीले सन् १९५९ को चुनावमा बहुमत हासिल गर्योद। र त्यसपछि सिंगापुर पूर्ण रुपमा वेलायतको शासनबाट अलग भइ स्वशासित राज्य बन्न पुग्यो। सन् १९६३ मा सिंगापुर मलेसियासँग बिलय भयो। तर यो धेरै समय रहन पाएन। वैचारिक द्वन्द्व तथा जातीय समूहबीचको हिंस्रक संघर्षका कारण सिंगापुर मलेसियाबाट अलग्गियो। लि का लागि मलेसियाको उपनिवेशलाई भुल्न निकै ठकिन काम थियो। उनले यसलाई एक खराब दौड भनेर व्याख्या गरे।मलेसियासँग व्यवसायिक र सैन्य सम्बन्ध स्थापित गरे। सिंगापुरमा सुरक्षा सन्तुलन बनाउन उनले वेलायतलाई सिंगापुरमा आफ्नो सैन्य आधार बनाउन प्रोत्साहन गरे। उनले देशमा सुधारका निम्ति एक वृहत् योजना तयार गरे। जसले सिंगापुरलाई गरिबी, अशिक्षाका दुर्दशाबाट निस्केर आधुनिक प्रगतिका लागि तयार पार्यो।
यसो गर्न उनले देशका सबै मामिलामा आफ्नो कडा नियन्त्रण बनाए। त्यसले सिंगापुरलाई विश्वकै सबैभन्दा नियन्त्रित समाज बनाइदियो।उनले आफ्ना आलोचकलाई कुनै सुनुवाइ नै नगरी हिरासातमा पठाइदिए। मिडिया तथा विदेशी प्रकाशनमाथि प्रतिबन्ध लगाइदिए र पत्रकारलाई पक्राउ समेत गरे। उनी भन्थे, ‘प्रेसको स्वतन्त्रता, मिडियाको स्वतन्त्रता सिंगापुरको अखण्डता र स्वतन्त्रताभन्दा माथि छैन। अखण्ड सिंगापुरको आवश्यकताका अगाडि उनीहरुले झुक्नै पर्छ।’ उनी भन्थे समाचारपत्रहरु सधै विदेशी हितका लागि काम गर्छन्। उनी भन्थे, ‘विकासशील देशले आफ्ना केही स्वतन्त्रताको बलिदान गर्नुपर्छ।’
भ्रस्ट्राचार र कम्युनिस्ट बिरोधी लि
सबै संसदीय सिटमा विजय पाएपछि उनलाई एक कम्युनिस्ट शैली अपनाएको भन्दै आलोचना गरे। तर उनी एक समर्पित कम्युनिजम बिरोधी थिए। धेरै कम्युनिस्ट मुलुकहरुको तुलनामा उनको शासन कालमा सिंगापुरले आर्थिक छलाङ मार्योध। सन् १९६० देखि १९८० सम्म सिंगापुरको कूल गार्हस्थ उत्पादन १५ गुनाले वृद्धि भयो।उनले चीनसँगको राम्रो सम्बन्धलाई सधैँ महत्व दिए। चिनियाँ नेता देङ सायोपिङसँगको घनिष्ठताले उनलाई निकै फाइदा पुर्याैयो। देङले सन् १९७८ मा सिंगापुरको भ्रमण गर्दै लिको आर्थिक नीतिको प्रशंसा गरे।
सिंगापुरलाई भ्रस्ट्रचार मुक्त बनाउन लिले नयाँ उपायको खोजी गरेका थिए। रोजगार उपल्बध गराउनका लागि कम लगानीका आवस तथा औद्योगिकरण कार्यक्रमको सुरुवात उनले गरे। उनले सिंगापुरलाई बहु सांस्कृतिकवादका आधारमा एउटा अलग पहिचान दिने प्रयास गरे। यसका लागि उनले विभिन्न जातीय समूहलाई एकसाथ जोडे।
शारीरिक दण्डका समर्थक
लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिए। उनी शारीरिक दण्डका समर्थक थिए। भ्रस्ट्रचार र अपराधका दोषीलाई कडा शारीरिक दण्डको नियम उनले स्थापित गरे। अहिले सिङ्गापुर विश्वमै अपराध र
भ्रष्टाचारको परिमाण अत्यन्तै न्यून रहेको मुलुकमा पर्दछ।यस अवधिमा उनले प्राकृतिकस्रोत परिचालन गरी उनले एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रुपान्तरण गरे। तिनै लिको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो। ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखिनै कडा निमोनियाले ग्रस्त थिए।
नागरिक न्यूज