मुख्य सचिव अर्यालद्वारा पदबहाली

0

नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् ।
गत बिहीबारको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गरेका अर्यालले आइतबार सिंहदरबार स्थित कार्यालय पुगेर पदबहाली गरका हुन् । मुख्य सचिव कार्यालय पुग्दा उनलाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।
यसअघि कि मुख्य सचिव लीलादेवी गड्तौला शुक्रबारदेखि सेवा निवृत्त भएपछि सरकारले अर्याललाई मुख्य सचिवमा निुयक्त गरी शुक्रबार नै पद तथा गोपनियताको सपथ गराएको थियो ।
बि.स. २०७६ सालदेखि नेपाल सरकारको सचिव पदमा रहेर कार्य गर्दै आएका अर्यालले आफ्नो पदबहाली पश्चात् सबै सचिवहरुको बैठक डाकेर निर्देशन समेत दिएका छन् ।
सचिवहरुको बरियतामा केही पछाडि भए पनि प्रधानमन्त्री के.पी. शर्मा ओलीको विश्वासपात्र भएका कारण उनी मुख्य सचिव बन्न सफल भएका हुन् ।

 

फोटोः प्रधानमन्त्री कार्यालय

Share.

Leave A Reply