‘सार्वजानिक स्थलमा राष्ट्रपति’ अन्तरगत राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायरमा

0

राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिने भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ ।
राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गर्नुभएको थियो ।
भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसंग सम्वाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकले पाउन नसकेको गुनासो गर्नुभएको थियो । सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूले पाउन नसकेको गुनासो शासन सञ्चालन गर्ने कार्यपालिका प्रमुखको ध्यानाकर्षण गराउने बताउनुभयो ।
राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभएको थियो ।
सो क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरिक्षण गर्नुभयो ।

Share.

Leave A Reply