गृहमन्त्रीद्वारा गठ्ठाघर दुर्घटना सम्बन्धमा छानबिन गर्न निर्देशन

0

गठ्ठाघरमा भएको सवारी दुर्घटनाका सम्बन्धमा छानबीन गरी सत्यतथ्य पेश गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

बिहीबार भक्तपुरको गट्ठाघरमा भएको सबारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको घटनाले उग्र रुप लिएपछि उक्त घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई गृहमन्त्री लेखकले निर्देशन दिएका हुन।

भक्तपुरको गट्ठाघरमा भएको उक्त दुर्घटनाको खबरले आफू दुखित भएको बताउँदै मन्त्री लेखकले दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाई कारबाहीको प्रक्रियामा लैजान निर्देशन दिएका हुन ।

बिहीबार दिउँसो गठ्ठाघरमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले अगाडिको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा ओखलढुंगा घर भएका स्कुटर चालक उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Share.

Leave A Reply