अस्पताल सेवा सुधारका लागि ९ बुँदै निर्णय

0

संघीय अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका निम्ति सरकारका मन्त्ती र अस्पताल र प्रतिष्ठिानका प्रमुखहरुसँग बीच ९ बुँदे सहमित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको उपस्थितिमा २०८१/०४/०३ गते संघीय अस्पताल र प्रतिष्ठानका प्रमुखहरुसँग ‌संयुक्त बैठक बसेर उक्त निर्णय भएको । उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले २०८१/०४/०४ गते पत्राचार गरिएको थियो । उक्त पत्राचारपछि अस्पतालहरुले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपायहरु अवलम्बन गर्न थालेका छन् । उक्त ९ बुँदे निर्णय कार्यान्वयनका सन्दर्भमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको सचिवलयसँगको सहकार्यमा नियमित अद्यावधिक विवरण लिने कार्य अन्तर्गत प्रगति विवरण मागिएको थियो । त्यसअनुसार पहिलोचरणमा १७ वटा संघीय अस्पतालहरुबाट प्रगति विवरण प्राप्त भएको छ । बाँकी संघीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको छ ।

अस्पतालहरुले भिड नियन्त्रणका लागि अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको (EHS) ओपीडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्नारडिस्चार्ज बीचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका तय, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता, भुक्तानी जस्ता कार्यलाई प्राथमिकता दिएको अस्पतालहरुको विवरणमा उल्लेख छ । साथै, अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाई, सफा पिउने पानीको निशुल्क व्यवस्था जस्ता विभिन्न योजनाहरू समावेश छन् । गुनासो व्यवस्थापनका लागि हेल्प डेस्क र गुनासो बक्सहरू व्यवस्थापन गरिएका छन्। जसले भिड व्यवस्थापनमा सहज हुँदै गएको पाइएको छ भने यी सबै प्रयासहरूले सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज र अस्पतालको सेवा प्रवाहमा प्रभावकारिता बढाउँदै लगेको देखिन्छ ।
औषधिहरूको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको छ । नेभिगेसन र सूचना प्रणालीहरूको उपयोगले बिरामी र आगन्तुकहरूलाई आफूले सेवा लिने विभागसम्म सहजै पुग्न मद्दत पुर्‍याएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको छ ।
सरसफाइ र सुविधा व्यवस्थापनमा पनि विशेष ध्यान दिन थालिएको छ । सुरक्षित र सफा पिउने पानी, सफा र पहुँचयोग्य शौचालयहरूको व्यवस्था र अस्पताल परिसरको सरसफाइलाई प्राथमिकता दिइएको छ । साथै, बिरामी र आगन्तुकहरूका लागि जाँच र सहायता डेस्कहरूको व्यवस्था गरिएको छ । यी उपायहरूले अस्पताल सेवाहरूलाई थप प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउँदै लगेको छ ।

Share.

Leave A Reply