देउवालाई भेटे भारतीय विदेश सचिव मिस्रीले

0

सत्तारुढ दल नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेट गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठ पुगेर भारतीय विदेश सचिव मिस्रीले देउवासँग भेटवार्ता गरेका हुन् । आइतबार भएको उक्त भेटमा देउवा र मिस्री बीच दुई देश बीचका द्वीपक्षीय हितका विषयहरुमा छलफल भएको जनाइएको छ । छलफलका क्रममा नेपाल र भारत बीचको पारस्परिक सम्बन्ध र हितका साथै आपसी सहयोगलाई अझ थप सुदृढ गर्दै अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयको मैत्रिपूर्ण निमन्त्रणामा नेपाल आएका भारतीय विदेश सचिव मिस्री दुई दिने भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्कने छन् ।

 

फोटोः अनलाइन खबर

Share.

Leave A Reply