स्विट्जरल्याण्डको सर्गन्स संस्कृति महोत्सवमा नेपाली ब्यान्डको प्रस्तुति

0

जुरीख। यही आउदो ३१ अगष्ट २०२४ स्विट्जरल्याण्डको सर्गन्समा हुने सर्गन्स संस्कृति महोत्सवको कार्यक्रममा नेपाली ब्यान्डले आफ्नो पस्तुति दिने भएको छ।

नेपाली ब्यान्डमा  गायक सुभाष सुन्दास, लिड गिटारिस्ट रामु परियार, काहोनमा प्रभात नेपाली र मादलमा प्रतिक श्रेष्ठ रहेका छन्।

युरोपमा चर्चित गायकको रुपमा चिनिएका सुन्दास र उनको ब्यान्डले युवा पुस्ताको मन जितेको छ। उनिहरुले युरोपका प्राय: सबैजसो मुलुकमा पुगेर सांगीतिक प्रस्तुति दिइसकेका छन्।

आयोजकले भनेका छन्। “हामीलाई यो घोषणा गर्दा खुशी लागेको छ। ३१ अगष्ट २०२४ मा हुने सर्गन्स संस्कृति महोत्सवको कार्यक्रम तयार भएको छ। विविध अन्तर्राष्ट्रिय संगीत, अद्भुत नृत्यहरू, र विभिन्न देशका स्वादिष्ट खानाका परिकारहरूमा रमाउनुहोस्। तपाईको क्यालेन्डरमा मिति चिन्ह लगाउनुहोस् र संस्कृति र समुदायले भरिएको एक अविस्मरणीय दिनको अनुभव लिनुहोस्।“

स्थान सर्गन्स संस्कृति महोत्सव कार्यक्रमको प्रवेश शुल्क नि:शुल्क रहेको छ।

 

Share.

Leave A Reply