जुरीखमा हुने तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिताको तयारी पुरा

0

जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डले जुरीखमा आयोजना गरेको तेर्सो पिङ्ग पोङ्ग  प्रतियोगिताको तयारी पुरा भएको क्लवका अध्यक्ष लोकेन राना मगरले जानकारी गराएको छ।
यही आउँदो जुलाई ६ तारिख शनिवारको दिन जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) ले तेर्सो पिङ्ग पोङ्ग खेल प्रतियोगिता सम्बन्धी आधिकारिक नियम सार्वजनिक गर्दै खेलाडीहरूलाई सहभागिताका लागि आवाहन गरेको छ।

प्रतियोगितामा सिङ्गल र डबल खेल खेलाइने छ। सिङ्गल तर्फ पहिलो हुनेलाई ३०० स्वीस फ्रान्क र दोस्रो हुनेलाई १५० स्वीस फ्रान्क र डबलमा पहिलो हुनेलाई ४०० स्वीस फ्रान्क र दोस्रो हुनेलाई २०० स्वीस फ्रान्क नगद सहित ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ।

Max-Bill-Platz मा हुने प्रतियोगिता समयमा नै संचालन हुने र मौसम अनुकूल भएमा आयोजकले स्थान सुनिश्चित गरि फोन तथा ई-मेल मार्फत जानकारी गराउने क्लबले जनाएको छ।

जुरिक नेपाली स्पोर्ट्स क्लबको प्रतियोगिता सम्बन्धी नियमहरु :

१-खेल प्रतियोगिता गोलापर्था द्वारा खेलाइने छ।
२- खेल सम्बन्धि नियमहरु आयोजकले नै गर्नेछ तर केही परिवर्तन गर्नुपरेमा अन्य खेलाडीहरु संग पनि परामर्श गरिने छ।
३- खेल प्रचलित नियम अनुसार खेलाइने छ।
४- खेल नकाउत सिस्टममा खेलाइने छ तर दुबै खेलमा फाइनल भने बेस्टब ५ खेलाइने छ।
५- खेलमा कुनै किसिमको बादबिबाद भएमा रेफ्री र आयोजक कमिटीको निर्णय अनुसार समाधान गरिने छ ।
६- खेल बिहान देखिनै शुरु हुनेछ तर सम्पुर्ण खेलाडी पाहुनाहरुलाइ विनम्र अनुरोध गर्दछौ कि आफ्नो समयलाई ध्यानमा राखी समयमै उपस्थिति भै समयमै खेल संचालन गर्न सहयोग गर्नु हुने छ।
७ – खेलमा सहभागीता जनाउनु हुने इच्छुक खेलाडी साथीहरुले ५ दिन अगाबै दर्ता गराउनु पर्ने आयोजक समितिले निर्णय गरेको जानकारी गराएको छ।
८- दर्ता शुल्क सिङ्गललाइ स्वीस फ्रान्क ३०।- र डब्बल लाई स्वीस फ्रान्क ५०।- लाग्ने छ।

साथै सम्पुर्ण नेपाली स्वीसबासी तथा नेपाल प्रेमी स्वीसहरुलाइ पनि सहभागी भइदिनु हुन जुरिक नेपाली स्पोर्ट्स क्लबले अनुरोध गर्दै साथमा साधारण पिउने र खाना र पेय पदार्थ को पनि ब्यबस्था गरेको तर अल्कोहल पेय पदार्थको लागि मुल्य पर्ने ब्यबस्था गरिएको छ।

Share.

Leave A Reply