स्विट्जरल्याण्डमा बुद्ध जयन्ती र एभरेष्ट डे विशेष कार्यक्रम हुँदै

0

बेर्न। स्विट्जरल्याण्डमा २५६८ औं बुद्ध जयन्ती तथा एभरेष्ट डे विशेष कार्यक्रम हुने भएको छ। नेपाली राजदूतावास स्विट्जरल्याण्डको आयोजना  तथा एनआरएनए स्विट्जरल्याण्ड र तामाङ समाज स्विट्जरल्याण्डको सहकार्यमा मे २५ मा विशेष कार्यक्रम हुने भएको हो।

विभिन्न बौद्ध मुलुकको पहलमा सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले समेत अन्तर्राष्ट्रिय रुपमै बुद्ध जयन्तीलाई वैशाख डेका रुपमा मान्यता प्रदान गरी उक्त दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बिदा दिने गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिन मे २९ को सम्झनामा प्रत्येक वर्ष एभरेष्ट डेमा बिभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ। सन् १९५३का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई एभरेष्ट डेको रुपमा विश्वभरि नै मनाइने गरिएको हो।

बुद्ध जयन्ती र एभरेष्ट डे मनाउदा नेपाल र नेपाली पन झल्कने र नेपाललाई विश्व माँझ चिनाउन मद्वत पुग्ने हुँदा कार्यक्रमको आयोजना गरिएको एनआरएनए स्वीट्जरल्याण्डका महासचिव याम काउचा मगरले बताए।

कार्यक्रम बारे विवरण 

कार्यक्रम हुने मितिः २५ मे २०२४ शनिवार।

समयः दिउँसो ३ बजे

स्थानः Dorfstrasse 30, 3123 Belp, बेर्न

Share.

Leave A Reply