Tuesday, January 28, 2025
spot_img

अमेरिकामा कोरोना महामारीमा नेपालीहरुले यसरी मनाए भाइटिका ( तस्बिरहरु सहित)

जिएनएन – कोरोना महामारीको महा-प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले अन्तत्वगत्वा यमपञ्चकको पाँचौंँ दिन दोश्रो ठूलो महान चाड भाईटीका मनाएका छन् ।

अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुदै गएको अवस्थालाई मध्यनजर गर्दै अधिकांश राज्यहरुमा नेपालीहरुले बिगत बर्षहरुमा झैँ मनाउन र रमाइलो गर्न अवसर पाएनन । तथापी सिमित परिवार ,सुरक्षित हुदै स्वास्थ्यलाई ध्यान दिदै अमेरिकाका विभिन्न राज्यहरुमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन ।

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको समय उत्तम भनिएकोले अमेरिकामा बसोबास गर्ने नेपाली अधिकांशले ११ :३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका ग्रहण गरेका छन ।

अमेरिकामा सोमबार कामको दिन यमपञ्चकको पाँचौ दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेलहरुले कामबाट फर्के पछि भाईटीका मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा ,कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाई रहेका छन । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएकोले यसै गरि टीका ग्रहण गरेका छन ।

नेपालमा जस्तै गरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई पनि पहिलो पुस्ताले यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन् ।

अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरु र आफ्ना सन्तानलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेल्न प्रोत्साहन गरेका छन् । दोश्रो पुस्ताले देउसी र भैलो मज्जाले खेलेका छन् । यस पटक अत्यधिक रुपमा परोक्ष(भर्चुअल)मार्फत गीत ,नृत्य,कविता ,आदी इत्यादी समेत तिहारमा प्रस्तुत समेत गरेका छन् ।

अमेरिकामा तिहारका सबै सामाग्रीहरु पाइने हुनाले दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइ दिएका छन् । सेलरोटी र अन्य सामाग्रीहरु दिदीबहिनिहरुले आफै बनाएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,क़ाजु ,किसमिस ,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिई सम्मान प्रकट गरेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
22,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles