ग्लोबल सम्मेलनका लागि नाम दर्ता गर्न एनआरएनए स्विट्जरल्याण्डको आग्रह

0

स्विट्जरल्याण्ड। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ग्लोबल सम्मेलन आगामी अक्टुवर १५ देखि १७ तारिखसम्म काठमाण्डौमा हुँदैछ । काठमाण्डौकै होटल हायातमा हुने ग्लोबल सम्मेलनका लागि नाम दर्ता गर्न एनआरएनए स्विट्जरल्याण्डले आग्रह गरेको छ।

अन्तराष्ट्रिय समन्वय परिषदको नियम बमोजिम हरेक राष्ट्रिय समन्वय परिषदबाट १० जना सदस्य बराबर १ जना सदस्यले अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा सहभागी हुन र मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको पंञ्जिकृत सदस्यहरू अहिलेसम्म १ सय ६६ जना छन् । यी सदस्य मध्ये स्विट्जरल्याण्डबाट १६ जना सदस्यले मात्र अन्तराष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा सहभागी हुन र मताधिकार प्रयोग गर्न पाउनेछन्।

जाने निश्चित भएकोले मात्र आफ्नो नाम, सम्पर्क नम्बर र इमेल उपलब्ध गराइदिन एनआरएनए स्विट्जरल्याण्डको आग्रह छ । यसै विच एनआरएनए स्विट्जरल्याण्डको सदस्यता नवीकरण गर्न छुटेका र नयाँ सदस्य बन्न चाहनेको लागि पुन सदस्यता बन्ने प्रक्रिया खुल्ला समेत भएको एनआरएनए स्विट्जरल्याण्डका महासचिव कृष्ण प्रसाद शिवाकोटीले जनाए।

जसका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला mero.nrna.org ग्लोबल सम्मेलनमा सहभागी हुन अथवा सदस्यता नविकरण वा नयाँ सदस्य लिन इच्छुकले शिब सुब्बाको सम्पर्क नम्बर ०७९९४५१२५५ र कृष्ण शिवाकोटीको सम्पर्क नम्बर ०७६३३९८७०० मा सम्पर्क गरी आवश्यक जानकारी लिन सक्ने एनआरएनए स्विट्जरल्याण्डले जनाएको छ ।

Share.

Leave A Reply