एनआरएनए स्वीट्जरल्याण्डको छैटौ अधिबेशन :- अपत्यारिलो ढंगले टुंगियो

0

बेर्न। सधैँ चुनाबी रौनक, रस्साकस्सी र खिचातानीले टुंगिने एनआरएनए स्वीट्जरल्याण्डको अधिबेशन यसपटक अपत्यारिलो ढंगले टुंगिएको छ। छैटौ अधिबेशनको निर्बाचन प्रक्रियामा ४ जनाको मात्र उम्मेदवारी दर्ता भयो धेरै पदहरुमा खाली नै रहे। अन्तत: सर्बपक्षिय छलफलबाट भएपनि  शिव कुमार सुब्बाको अध्यक्षतामा २०१९-२०२१ का लागि नयाँ कार्यसमिति चयन भएको छ।

उम्मेदवारी दर्ता प्रकृयामा अध्यक्षमा सुब्बा सहित आईसीसी सदस्यमा भुमिराज गुरुङ उपाध्यक्ष पदका लागि सन्तोष राई र महासचिव पदका लागि कुल प्रसाद शिवाकोटी (कृष्ण) गरी  ४ जनाको मात्र उम्मेद्वारी परेको थियो।

अन्तत; उपाध्यक्षमा शुभ एल्मर, लामा कोषाध्यक्षमा प्रमोद भट्ट, युवा संयोजकमा श्रवण के. सी र  महिला संयोजक सम्झना थापा कार्यसमितिमा रही काम गर्न तयार भएका छन्। यद्दपी सचिव पद अझै पनि खालि नै छ। यस्तै कार्यसमितिका सदस्यहरुमा अमिना श्रेष्ठ र बादल वज्राचार्य चयन भएका छन्।

एनआरएनसँग मिलेर आर्थिक कुटनीतिको क्षेत्रको काम गर्छौ- राजदूत भट्टराई 

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले एनआरएनसँग मिलेर राजदूताबासले आर्थिक कुटनीतिको क्षत्रमा काम गर्ने बताएका छन्। संघको ११ औ सभा तथा छैटौ अधिबेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राजदूत भट्टराईले यस्तो बताएका हुन्। दूताबासले संचालन गरेको आर्थिक कुटनीतिको कार्यक्रममा एनआरएनए स्वीट्जरल्याण्डको सहकार्य र साझेदारी महत्वपूर्ण रहेको उनले बताए।

“सम्बृद्व नेपाल सुखी नेपालीको नारालाई साकार पार्ने दिशा तर्फ नेपाल सरकार केन्द्रित छ। यसका लागि पनि दूताबास र एनआरएनसँगै मिलेर हातेमालो गर्नेछौ।” राजदूत भट्टराईले भने।

स्वीस राष्ट्रिय प्रसारण केन्द्रबाट भिजिट नेपाल २०२० को प्रचार सामाग्रीहरुलाई प्रसारण गर्न पाए प्रभावकारी हुने भन्दै राजदूत भट्टराई त्यसतर्फ नयाँ कार्यसमितिको ध्यान केन्द्रित गरे। यसका लागि दूताबासले पनि आफ्नो तर्फबाट सोचीरहेको बारे नेपाली समुदायलाई उनले स्पष्ट पारे।

राजदूत भट्टराईले परराष्ट्र मन्त्रालयले ब्रेन ग्रेन सेन्टरको स्थापना गरेको बारे आँफूले बताउदै आएको भन्दै त्यसमा आवद्व हुनको लागि पुन:आह्ववान गरे। “हामीले डेटावेश तयार गर्न सकेमा तपाईहरुको योग्यता अनुसार मुलुकको हितमा परिचालन गर्न सहयोग पुग्ने छ।” उनले भने।

युरोपमा पासपोर्टको प्रोडक्सन सेन्टर बनाउनेबारे पनि आवाज उठेपछि उनले यसबारे आँफूले केन्द्रमा कुरा उठाउने प्रतिबद्वता ब्यक्त गरे।

कार्यक्रममा निर्वाचन पर्यवेक्षका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी बनिन्। उनले एनआरएनएले निर्माण गरेको लाप्रक नमुना बस्तीको बारे जानकारी दिदै त्यसलाई पर्यटकीय गन्तब्य बनाउन सक्ने बारे योजना प्रस्तुत गरेकी थिईन्।

हालै इटालीमा सम्पन्न युरोपेली बैठकमा मोष्ट एक्टिभ महिला संयोजकको उपाधिले शुभ एल्मर लामा सम्मानित भएकोमा एनआरएनए स्विट्जरल्याण्डले उक्त कार्यक्रममा बधाई तथा सम्मान ब्यक्त गरेको थियो।

भूमिराज गरुङको सभापत्तित्वमा सम्पन्न कार्यक्रममा आईसीसी सदस्य रामकुमार महत्त, स्थापक अध्यक्ष संजय मुडवरी, पूर्व आईसीसी सदस्य पितम गुरुङ, पूर्व अध्यक्ष हिराबल गुरूङ, प्रवासी नेपाली एकता मञ्चका संयोजक अच्युत प्रसाद फुयाल,बेर्न समाजका अध्यक्ष बिष्णु थापा लगायत संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए।

Share.

Leave A Reply