एनआरएन स्वीट्जरल्याण्डमा चुनाबी माहोल देखिएन, सर्वसम्मत हुने संकेत

0

जुरीख।  गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको अधिवेशन आउँन तीनदिन बाँकी छदा पनि चुनाबी माहोल कुनै संकेत छैन।

नयाँ नेतृत्वका लागि अध्यक्षमा शिव कुमार सुब्बाले उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् तर उनका प्रतिस्पर्धी हालसम्म मैदानमा खुलेका छैनन्। यस्तै आईसीसी सदस्यमा बर्तमान अध्यक्ष भूमिराज गुरुङले ईच्छा जाहेर गरेका छन्। यसअघिको अधिबेशनहरुमा महिनौ अघिदेखि चुनाबी माहोल बन्थ्यो तर यस पटक कार्यसमिति बनाउँन पनि हम्मेहम्मे देखिएको छ।

निर्वाचन माहोल नदेखिनुको प्रमुख कारण सुब्बाका प्रतिस्पर्धी हालसम्म मैदानमा नदेखिनु र पंजीकृत सदस्यता बनेको छ। पहिले पहिले सदस्यता फारम हातहातमा बाँड्ने चलन थियो। तर यसपटक व्यक्तिगत विवरणहरूसहित अनलाईन सदस्यताको प्रारम्भ केन्द्रले नै गरेका कारण धेरैले सदस्यता लिनमा नै असहज महशुस गरेको भेटियो। संघले दिएको जानकारी अनुसार यसपटक १ सय ६० जनाले मात्र सदस्यता लिएका छन्। यो संख्या पहिले-पहिलेका अधिवेशनहरूभन्दा ठुलो संख्याले कमी हो। अन्तत सदस्यताका आँफू अनुकुल नहुनाले पनि चुनाबी मैदानमा उत्रन प्रतिस्पर्धीलाई ठुलो चुनौतीको रुपमा देखिएको छ।

राजदूतले अधिबेशन उद्घाटन गर्दै :-

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणीप्रसाद भट्टराईलेसंघको छैटौ अधिबेशनलाई उद्घघाटन गर्ने भएका छन्। यस्तै निर्बाचन पर्यवेक्षकका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी बन्ने संघले जनाएको छ।

अधिबेशनबाट सन् २०१९-२०२१ को कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुने हुँदा निर्वाचन तालिका समेत सार्वजनिक भएको छ।

यस्तो छ निर्वाचन कार्यतालिका

उम्मेदवारी दर्ता : १६ अगस्त शुक्रबार सॉझ १८:०० बजे सम्म निर्वाचन समितिको इ मेल ( thapabp@gmail.com वा lamsal2025@yahoo.it ) मार्फत उम्मेदवारी दर्ता गर्नु पर्नेछ।

उम्मेदवारहरुको नामावली प्रकाशन: १६ अगस्त शुक्रबार राति १२:०० बजे

दाबी बिरोध र उम्मेदवारी फिर्ता: १७ अगस्त शनिबार राति १२:०० बजे सम्म

मतदाता र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन: १८ अगस्त आइतबार बिहान १०:०० बजे

मतदान गर्ने समय: १८ अगस्त आइतबार बिहान १२:०० बजे देखि बेलुका ४:३० बजे सम्म

मतदान गर्ने स्थान: Jupiterstrasse 15 3015 Bern

Share.

Leave A Reply