एनआरएनए स्विट्जरल्याण्डको वार्षिक साधारणसभा हुँदै

0

स्विट्जरल्याण्ड। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको वार्षिक साधारणसभा हुने भएको छ। आगामी आईतबार राजधानी बेर्नमा संघका केन्द्रिय नेताहरुको उपस्थितिमा साधरणसभा हुन लागेको हो।

संघले बर्षभरीका गतिबिधिहरु,आर्थिक प्रतिबेदन लगायत महिला फोरमले समेत प्रगतिबिबरण प्रस्तुत गर्ने कार्यक्रम रहेको  बताईएको छ।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुमार पन्त पनि सहभागी बन्ने भएका छन्। यो सँगै ग्लोबल सम्मेलन हुन ११ महिना बाँकी रहदै चुनाबी बाताबरण तयका लागि पनि एनआरएन नेताहरु राष्ट्रिय समन्वय परिषदहरु धाउन सुरु गरेका छन्। कार्यक्रममा युरोप संयोजक शिव कुमार बरुवालको पनि उपस्थिति रहने बताईएको छ।

संघका पंञ्जीकृत सदस्यहरुलाई संघको परिचय पत्र बितरण गर्ने कार्यक्रम समेत रहेको बताउँदै संघका अध्यक्ष भूमी राज गुरुङले साधरणसभामा सहभागी बन्न स्विसबासि नेपाली समुदायलाई अनुरोध गरेका छन्।

कार्यक्रम बारे पूर्ण बिबरण:-

मिति:- २५ नोभेम्बर,आईतबार

स्थान:-Brunnen, pavillion Brunnenstrasse 8, 3027 Bern

समय:- दिउँसो १ बजे देखि

प्रबेश:- निशुल्क

Share.

Leave A Reply