माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत्र महिनामा लिएको परीक्षाको नजिता शनिबार सार्वजनिक गरेको हो ।
यस वर्षको एसईई परीक्षामा सहभागी नियमित तर्फका ४ लाख ४५ हजार ५६४ र एक्जेम्टेड तर्फका १६ हजार ५ सय ७२ गरी कूल ४ लाख ६२ हजार १ सय ३६ परीक्षार्थी मध्ये १४ हजार २३४ ए प्लस ग्रेड ल्याई उत्तीर्ण भएका छन् भने ग्रेड ए मा ४६ हजार १३०, त्यसैगरी ग्रेड बी प्लस मा ५९ हजार ३७, ग्रेड बी मा ७० हजार ५१२, ग्रेड सी प्लस मा ६१ हजार ८७०, ग्रेड सी मा १ लाख १ हजार ४३, ग्रेड डी प्लस मा ३५ हजार ५८४ र ग्रेड डी मा ५८ हजार ६८८ उत्तीर्ण भएका छन् ।
यसरी हेर्न सकिन्छ एसईईको परीक्षाफल
शनिबार साँझ प्रकाशित एसईई परीक्षाको परीक्षाफल हेर्नको लागि सम्बन्धित निकायका वेभसाईटमा गएर हेर्न सकिन्छ । जस अनुसार शिक्षा मन्त्रालयको www.moe.gov.np वेभसाईट मा, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेभसाइट www.neb.gov.np मा, शिक्षा विभाग सानो ठिमीको वेभसाईट www.doe.gov.np मा र नेपाल टेलिकमको वेभसाइट www.see.ntc.net.np मा परीक्षाफल हेर्न सकिन्छ भने नेपाल टेलिकमको १६०० मा कल गरेर पनि नतिजाको बारेमा जानकारी लिन सकिन्छ ।