संस्कृति र मानव बीचको संगमविन्दु हिमालहरु नामक कार्यक्रमको तयारी पूरा

0

स्विट्जरल्याण्डको बेर्नमा हुने संस्कृति र मानव बीचको संगमविन्दु हिमालहरु (Mountains: Connecting Cultures and Peoples) नामक कार्यक्रमको तयारी पूरा भएको छ ।

आगामी १० जुन आईतबारको दिन बेर्नमा हुन लागेको उक्त कार्यक्रम नेपाली राजदूतावास जेनेभा, गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्ड र नेपाल पर्यटन बोर्ड, स्विट्जरल्याण्डको संयुक्त आयोजनामा  हुन लागेको उक्त कार्यक्रम एभरेष्ट डे को रुपमा हुन लागेको हो ।

नेपालका लागि स्विट्जरल्याण्डका पूर्व राजदूत थोमास गास्टको प्रमुख आतिथ्यतामा हुने उक्त “ऐभरेष्ट डे” कार्यक्रममा स्थानिय नेपाली कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

स्विट्जरल्याण्डको राजधानी बेर्न स्थित Freiburgstr 249, 3018 Bern मा दिनको ठिक १६:०० बजे देखि शुरु हुने कार्यक्रममा दिनको १५:०० बजे देखि अपेरो को लागि कार्यक्रम हल खुल्ला गरिने पनि आयोजकले जनाएको छ।

प्रवेश शूल्क निशूल्क रहेको “ऐभरेष्ट डे” कार्यक्रममा रात्री भोजको र ड्रिङसको समेत व्यबस्था रहेको जनाइएको छ।

कार्यक्रम स्थानमा जानको लागि बेर्नको ट्रेन स्टेसनबाट ट्राम नम्बर ७ र ८ लिएर Europaplatz मा ओर्लिएर र पैदल ५ मिनेट जति हिड्ने वा बस नम्बर ३१ लिएर Bodenweid मा ओर्लेर कार्यक्रम स्थामा पुग्न सकिने जनाइएको छ। कारमा आउनेहरुका लागि भने कार्यक्रम हुने स्थानमा नै पार्किंङको व्यवस्था रहेको छ।

Share.

Leave A Reply