महिला संघ पदाधिकारी मनोनयनमा महासचिवको आपत्ति

0

नेपाल महिला संघकी महासचिव धना खतिवडाले संघकी अध्यक्ष उमा रेग्मीले यही बैशाख २८ गते गरेको केन्द्रिय पदाधिकारी र सदस्यहरुको मनोनयनप्रति गम्भिर ध्यानाकार्षण गराएकी छिन् ।
महासचिव खतिवडाले एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्षले गरेको पदाधिकारी मनोनितप्रति आपत्ति जनाएकी हुन् । उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘महाधिवेशनबाट नेतृत्व चयन भएको करिब दुई वर्षपछि ढिला गरि भएको मनोनयन आँफैमा सुखद् हुनुपर्ने भएपनि यो महिला संघको सांगठनिक जीवनका लागि सुखद् हुन सकेन्।’ यद्धपी उनले यसअघि पदाधिकारी मनोनयन गर्दा सहमति र सहकार्यका साथ सबैलाई मिलाएर गरिने आफूहरुबीच भद्र सहमति भएको पनि स्मरण गराईन् ।
महिला संघको विधान उल्लेख गर्दै अध्यक्षले केन्द्रिय समितिमा सामान्य छलफल समेत नगरि मनोनयनको पत्र सार्वजनिक गरेकोप्रति आफूहरुको गम्भिर असहमति रहेको उनको जिकिर छ । उनले अघि भनिन्,‘मनोनित पदाधिकारी तथा सदस्यहरुलाई सामूहिक रुपमा केन्द्रिय समितिमा स्वागत गर्ने अवसर समेत नदिई अध्यक्षज्यूले मनोमानी मनोनयन गरेर महिला संघमा विग्रह र विद्धेषको वातावरण सिर्जना गर्नुभएको छ।’
अध्यक्षले गरेको पदाधिकारी मनोनित सिँगो नेपाली महिला आन्दोलन, महिला संघ र समग्र पार्टीको हितमा नभएको आफूहरुको ठहर रहेको खतिवडाले जिकिर गरेकी छिन् ।
हालै सम्पन्न भएको तीनवटै चरणका निर्वाचनमा पार्टीले हार व्यहोरेको अवस्थामा आफूहरु सबै एकजुट भई पार्टी हितमा लाग्नुपर्ने बेलामा अध्यक्षको मनोमानीले संगठनलाई थप क्षति पुर्याउने निश्चित रहेको खतिवडाको ठोकुवा छ ।
उनले अघि भनिन्,‘अध्यक्षको मनोमानी निर्णयले संगठनलाई ठूलो क्षति पुरयाउने पक्का छ, त्यसैले हामी मनोनयनको यो निर्णय पूर्नविचार गरि सामूहिक आधारमा विधिसम्म्त ढंगले निर्णय गर्न माँग गर्दछौं ।’
अध्यक्षको अहिलेको यो एकलौटी र मनोमानी निर्णयको पूर्नविचार नभए यसले संघको सांगठनिक जीवनमा हुने क्षतिको जिम्मेवार स्वयम् अध्यक्ष नै हुने खतिवडाको चेतावनी छ । उनले यस विषयमा पार्टी नेतृत्वलाइ समेत गम्भिर हुन आग्रह गरेकी छिन् ।

Share.

Leave A Reply