काठमाण्डौ – दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् ।
फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तविारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे ।
तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसर्र्पामा तिवारीसाग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यहि राति उनीहरु भागेर सुर्खेत आईपुगे ।
।
१० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि भारतको जुजरात पुगे ।
तिवारीले युवतीसँग चिनजान हुँदै आफु भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए ।
गुजरात पुग्दासम्म तिवारस्ँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन ।
जब युती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । जुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो ।
होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो, युवतीले भनिन्, चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।
युवतीका अनुसार दैनिक तीनदेखि छजनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्थ्यो । युवतीको चित्कार आनेहरुले सुन्दैनन्थे ।, आजको नागरिक दैनिकमा खबर छ ।