सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने ओलीको प्रतिवद्धता

0

दोलखा – चिनियाँ राजदूतसँगै लामा बगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिवद्धता जनाएका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुगेका प्रधानमन्त्री ओलीले ६र७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताए ।

भारतको सिमाना भिट्टामोडदेखि लामाबगरसम्मको सडक राम्रोसँगै २ लेनको तयार भएको छ ।

‘अब तिब्बत सिमाना पुग्न थोरै भएकाले कठिन भूगोलमा सुरुङ बनाएर भए पनि नाका खुल्छ,’ प्रधानमन्त्रीले भने, ‘यसबारे म काठमाडौं र्फकनासाथ विशेष निर्णय हुन्छ ।’

प्रधानमन्त्री ओलीले नाका जोड्ने कुरा गर्दा चिनियाँ राजदूत यू होङ साथमै थिइन् ।

Share.

Leave A Reply