माइक्रो बसले ठक्कर दिदा एकको मृत्यु, एक गम्भिर घाइते

0

पोखरा – पोखराको एयरपोर्टमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवाको मृत्यु भएको छ । मंगलबार बिहान पार्दीबिरौटाबाट पृथ्वीचोकतर्फ आउदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका स्याङ्जा घर भई पोखरा ड्यामसाइड बस्ने २५ बर्षीय शोभाकान्त पनेरुको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने २५ बर्षीय सन्दीप पौडेल गम्भिर घाइते भएकाछन् । उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ। माईक्रो बस चालक स्याङजा आधिखोलाका ३६ बर्षीय दिप्ती नारायण ढकाललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply