मालपोत र नापी कार्यालयमा दलाली गर्ने ६ जना नियन्त्रणमा

0

पोखरा – कास्की प्रहरीले सोमवार जिल्ला मालपोत कार्यालय कास्की र नापी कार्यालयमा दलाली गर्ने ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । कार्यालयको कामकाज सहज पारिदिने बाहानामा सेवाग्राहीलाई दुख दिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।

सेवा सहज पार्ने नाममा सेवाग्राहीसँग मोलमलैया गरी दलाली तथा विचौलियाले दुस्ख दिएको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा पोखरालेखनाथ महानगरपालिका २१ कृष्टि बस्ने बर्ष २८ का शिव गुरुङ , पोखरा बगरका ४५ बर्षीय देबेन्द्र तझ्या , स्यांङजा पुतलिबजार ६ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने बर्ष ४४ का सहदेव सुवेदी, पोखरा ३१ बेगनासतालका २४ बर्षीय मनोज तिवारी, तनहुँ भानु ८ घर भई पोखरा लेखनाथ ५ बस्ने बर्ष २६ का बिश्रुत ढकाल र पोखरा ६ बैदामका २२ बर्षीय विष्णु कडेल छन् ।

सेवाग्राहीलाई भ्रममा पारी दुख हैरानी दिईरहेको अबस्थामा नगद र काम काज गर्दै गरेका कागजपत्र सहित उनीहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ ।

Share.

Leave A Reply