भारतसँग अझै गम्भीरतापुर्वक छलफल आवश्यक : ओली

0

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् ।

तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै गम्भीरतापुर्वक छलफल आवश्यक रहेको बताएका हुन् ।

ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछिको यो पहिलो विदशे भ्रमण हो ।

धेरै विषयमा सकारात्मक ढंगले कुराकानी भएको छ, ओलीले त्रिभुवन विमानस्थलमा आयोजत पत्रकार सम्मेलनमा भने, जुन विषय लिखित रुपमा आएको छ तयसलाई हामीले त्यसै रुपमा उठाएको छौँ । आजको नागरिक दैनिकमा खबर छ ।

Share.

Leave A Reply