धुर्मुस–सुन्तली फाउण्डेसनको टोलीद्धारा पोखरामा जग्गा अवलोकन

0

पोखरा – पोखरामा क्रिकेट मैदानका लागि सम्भाव्यताको अध्ययन गर्न लागिएको छ। एकिकृत नमुना मुसहर बस्ती बनायर चर्चामा रहेको धुर्मुस–सुन्तली फाउण्डेसनको एक टोली पोखरा आई केहि सम्भाव्यताको अध्ययन गरेका हुन् ।
सम्भाव्यताको खोजि अभियान अन्र्तगत अन्तराट्र्रिय बहुउद्देश्य क्रिकेट मैदान बनाउने अभियानमा लागेको धुर्मुस–सुन्तली फाउण्डेसनको एक टोलीले पोखरामा जग्गा अवलोकन गरेको हो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल सहितको पाँच सदस्य एक टोलीले पोखराका विभिन्न क्षेत्रमा रहेको जग्गा अवलोकन गरी पोखरामा धेरै हिसावले उपयुक्त हुने जनाएकाछन। उद्यपी प्राविधिक हिसावले भने केहि सयम पछि मात्र यसको आधारमा टोलीले देशको कुनै एक ठाँउमा उक्त योजना छनौट गर्ने भएको हो ।

पोखरा रंगशाला, पोखरा लेखनाथ महानगरपालिका २९ स्थित पशुपतिघाट, पोखरा लेखनाथ महानगरापलिका २५ , हेमजा स्थित लामपाटन र पोखरा नगर विकास प्रशिक्षणको क्रिकेट मैदानको अवलोकन गरे पश्चात फाउण्डेसनका अध्यक्ष कट्टेलले पोखरा हरेक हिसावले उपयुक्त भएको प्रतिकृया दिएकाछन। उनले भने “हामीले जहाँ हेर्दा पनि उतिकै राम्रो लागेको छ, क्रिकेट प्राविधक खेल भएकोले बिषय विज्ञहरुसंगको सल्लाह र दिगो रुपमा संचालन हुन सक्ने आधारमा हामीले बहुउद्धेश्य नमुना स्टेडियम बनाउन खोजेका छौं । ”

सवै खेलको गरिमा यतिकै भएको बताउदै अध्यक्ष कट्टेलले पछिल्लो समयमा क्रिकेटले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएकोले यसको सम्भावना देखेर क्रिकेट मैदान बनाउने अभियानमा होमिएको बताए । उनले भने “ अब क्रिकेट खेल देशको प्रतिष्ठासंग जोडिएकोले गर्दा हामी क्रिकेटमा केन्द्रित भएका हौं, फराकिलो अबधारण अन्र्तगत हामी अघि बढेका छौं, सरकारी निकायबाट काजगी रुपमा कति समय लाग्छ त्यो हेर्न बाँकी छ, अन्यथा हामीले शिलन्यास गरेको दुई बर्षमा उक्त मैदान निमार्ण गर्ने छौं । ” न्यूनतम २ अर्वको लगानीमा ४० हजार दर्शक क्षमताको उक्त क्रिकेट मैदान बनाउने अठोटका साथ हाल जग्गा खोजिमा आफुहरु रहेको उनले जनाए । उनले भने“ हामी हाम्रो देश आफै बनाउन सक्छौै भन्ने सन्देश दिन र जनतामा जागरुक पार्न, विकासको मुल फुटाउछ प्रेरणा जगाउन पनि आफुहरुले बहुउद्धेश्य क्रिकेट मैदान बनाउने अभियानमा लागेका हौं । ”पोखरा अन्तराष्ट्रिय क्रिकेट मैदान निमार्ण समितिका संयोजक असोक पालिखेले पोखरा क्षेत्रमा रहेका जग्गाको बारेमा जानकारी गराउदै स्थानिय रुपमा आवश्यक आर्थिक सहयोग जुटाउन समेत तयार रहेको जनाए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा हाल निमार्ण भएको क्रिकेट मैदानमा थप जग्गा आवश्यक परे तत्काल उपलब्ध गराउन आफुहरु तयार रहेको बताए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष एवं अम्पायर संजयकान्त सिग्देलले पोखरा रहेक हिसावले अन्तराष्ट्रिय क्रिकेट मैदानको सम्भावना भएको दाबी गरे । पर्यटन व्यवसायी नरेस भट्टराईले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान आवश्यक भएको बताए । उक्त फाउण्डेसनले चासो देखाएर पोखराको जग्गा अवलोकन गर्नु नै पोखराको लागि ठुलो उपलब्धि भएको उनले बताए ।
फाउण्डेसना टेक्निकल निर्देशक ई. रवि भुषण झाले धेरै ठाँउमा जग्गा हेर्दा भरतपुरमा केहि उपयुक्त लागे पनि अन्तराष्ट्रिय विमानस्थल नभएको कारणले गर्दा हाल पोखरामा अन्तराष्ट्रिय विमानस्थल समेत निमार्ण भईरहेकोले पोखरामा उपयुक्त हन सक्ने बताए ।

पोखरामा हाल करिब एक करोड लागतमा पोखरा रंगशालामा ६५ मिटरको रेडियर हुने गरी अन्तराष्ट्रिय क्रिकेट मैदान मात्र निमार्ण भएको छ । यद्यपी थप पुर्वाधार आवश्यक भएको देखिन्छ । स्थानिय स्तर र राखेप तथा संघबाट पोखरा रंगशालाको मैदान निमार्ण भएको संयोजक पालिखेले बताए । धुर्मुस सुन्तली फाउण्डेसनको टोली पोखरामा बहुउद्धेश्य क्रिकेट मैदान बनाउने बिषयमा जग्गा हेर्न आएसंगै पोखरेलीहरुमा आसा लागेको छ । पोखरा रंगशालामा करिब एक सय रोपनी, पशुपतिघाँटमा करिब २ सय रोपनी, नगरविकास प्रशिक्षणमा करिब एक सय २० रोपनी र लामपाटनमा करिब १ सय ५० रोपनी जग्गा रहेको समितिका सदस्य रतन गुरुङले बताए । साथै प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापा र कृष्ण थापाले पोखरामा बहुउद्धेश्य क्रिकेट मैदान बनाउने बिषयमा प्रदेश सरकार सकरात्मक भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेसनको टोलीलाई शनिबार पोखरामा भेटेका थिए । विहान ८ बजे काठमाण्डौंबाट हवाई उडान हुदै पोखरा आउने कार्यक्रम तय गरिए पनि प्रतिकुल मौसमका बाबजुत करिब ३ घण्टा ढिलो पोखरा आएको उक्त टोलीलाई पोखरेलीले विमानस्थलमै स्वागत गरेका हुन । भक्तपुरको चाँगुनारायण, काठमाण्डौंको मुलपानी, कृर्तिपुर, चोभार, रुपन्देहि, भैरहवा, भरतपुर, हेटौंडा लगायतका क्षेत्रमा बहुउद्धेश्य क्रिकेट मैदानको लागि यस अघि फाउण्डेसनको टोलीले जग्गा अवलोकन गरिसकेको छ। टोलीमा आईसीसीका नेपाल प्रतिनिधि भावना घिमिरे, फाउण्डेसना टेक्निकल निर्देशक ई. रवि भुषण झा, पत्रकार रवि लामिछाने लगायतको टोलीलाई पोखरेलीहरुले स्वागत गरेका थिए ।

Share.

Leave A Reply