पोखरा – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सहकारीहरुले अब नाङले पसल देखि जलबिद्युत सम्मको क्षेत्रमा लगानी गर्नु पर्ने बताएकाछन। राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा आयोजित उक्त समारोहमा वोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालको ठुलो जनसङख्या एउटा संस्था सहकारीमा आवद्ध भएकोले उनीहरुको आर्थिक विकास र समृद्धिको लागि सामान्य एक नाङगे पसलदेखि व्यवसायी हुदै ठुला उद्योग धन्दा हुदै जलबिद्युत उत्पादन गर्ने क्षेत्रमा लगानी गर्नेमा जोड दिएका हुन।
सामुहिक भावनाको विकास गरी निजी क्षेत्रको सहकार्यमा उत्पादनशिस क्षेत्रमा लगानी गर्न आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले सहकारीलाई कुनै जोखीममा नपार्न आग्रह गरे । देशको अर्थतन्त्रको तिन खम्बे तिनी अन्र्तगत सहकारी पनि एक भएकोले सहकारी कमजोर भई ढल्न पुगेमा देशको अर्थतन्त्र समेत ढल्ने उनले जनाए । अध्यक्ष तिमिल्सिनाले देशमा पुरुष भन्दा महिलाहरु बढी सहकारीमा आवद्ध भएको दाबी गरे । उनका अनुसार सहकारीमा करिब ३२ लाख महिला र पुरुष ३० लाख आवद्ध छन । नियमन गर्र्नेे निकाय बढी सजत हुन आग्रह गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले एक व्यक्ति एक सहकारी नियमलाई कडाईका साथ लागु गर्न निर्देशन दिए ।
सहकारीलाई संविधानले जसरी सम्वोधन गरेको छ, त्यसको भावन र मर्म नबिग्रिने गरी प्रदेश सरकारले त्यस्तै प्रकारको निती नियम ल्याउनु पर्ने उनले बताए । सहकारीले आथिृक विकास र समृद्धिमा सहयोग गरी आर्थिक असमानताको अन्त्य गरी समाजमा स्वतन्त्र र समृद्धि बनाउने उनको जोड थियो । उनले भने “नेपालको संविधानले सहकारीलाई तीन खम्बे अर्थ नितीमा राखेकोले यसलाई प्रदेश सरकारले यसको मर्म र भावनालाई समेटेर ऐन कानुन ल्याउनु पर्छ, नाङले पसले देखि जलबिद्युतसम्मको लागि अब सहकारीले लगानी गर्नु पछि । ” “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी“ भन्ने मुल उघोषका साथ जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा पोखरामा आज भएको ¥याली (प्रभातफेरी) मा २० हजार भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता भएको संघका अध्यक्ष रविरमण तिवारीले बताए । मंगलबार विहान ११ः०० बजे मानव अधिकारचोक चिप्लेढुङ्गा देखी सुरु भएको (¥याली) प्रभातफेरी न्यूरोड हुदै ¥याली पश्चात सहकारी सभामा परिणत भएको संयोजकः दिपक प्रकाश आचार्यले जनाए ।
¥यालीमा विभिन्न सहकारीकर्मीहरुले आ–आफ्नो सहकारीको पहचिान झल्कने गरी पोसाकमा विभिन्न झाँकी सहितको बाजा गाजा समेत प्रस्तुत लगरेका थिए । सहकारीकर्मीैले सहकारी विकासद्धारा देश झलमल पारौं, थोपा मिली खोला बन्छ खोलि मिली सागर, नियमित बचत गर्ने बानी बसालौं, सम्पन्न र सभ्य समाजको निमार्ण सहकारी अभियान लगायतका नारा सहितका प्ले कार्ड प्रदर्शन गरिएको संघका शिक्षा, सुचना, संचार, युवा समितिका संयोजक धर्मराज अर्यालले बताए । उनका अनुसार कास्कीमा हाल ६ सय २९ वटा सहकारी रहेकाछन। कास्कीमा सहकारीबाट ६ अर्व ६९ करोड सम्मको कारोवार हुने गरेको छ भने २ लाख ६६ हजार सहकारी शेयर सदस्य रहेको अर्यालले जनाए ।
प्रदेश नम्बर ४ का भुमि ब्याबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले अब सहकारीको माध्यमबाट प्रदेशको आर्थिक विकास र समृद्धि हुने निती ल्याउने तयारी गरेको बताए । प्रदेश नं. ४ का सांसद एंव राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक प्रभा कोइरालाले सहकारी मार्फत आर्थिक कृयाकलाप गर्न धेरैलाई सहयोग पुगेको बताईन। राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रमहरु आयोजना भएको थियो ।