शिक्षा विना विकास सम्भव छैन : उपमेयर गुरुङ

0

पोखरा – पोखरा लेखनाथ महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शिक्षा विना विकास सम्भव नहुने बताएकी छन् । चिनियाँहरुको संस्था सिनो नेपाल बेल्ट तथा रोड पहिलो एशियन विज्नेश समुहले पोखरा १७ मा रहेको पार्दी मा.विलाई सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले शिक्षा देशको विकासको मेरुदण्ड भएको बताइन् । ‘शिक्षा देशको मेरुदण्ड हो , शिक्षा विना विकास सम्भव छैन । शिक्षाले अध्यारोबाट उज्यालो तर्फ लैजान प्रेरित गर्छ ।’

उनले चिनियाँ नागरिकको सहयोगले पार्दी मा.विका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने बताउदै यसबाट विद्यार्थीहरु लाभान्वित हुने बताइन् । उनले विद्यालयलाई सहयोग गरेको ल्यापटप र शैक्षिक सामाग्रीले चिनियाँ र विद्यालयका विद्यार्थी वीचको सम्वन्धलाई जीवन्त राख्ने धारणा राखिन् । कार्यक्रममाा १० ओटा ल्यापटप, भलिबल, फुटबल, नेट, ब्याटमिन्टन दश÷दश ओटा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका कावा प्रमुख मञ्जु गुरुङ, चाइनीज ग्रुपका वन द प्याव, स्वीतान, ल्यू, लिमिङ थाओले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालाई हस्तान्तरण गरे । चाइन नेपाल गोल्डेन व्रिज तथा पिस एण्ड ज्वय ट्राभल एजेन्सीका प्रमुख अपुलाल अवालेको समन्वयमा चिनियाँ ग्रुपले विद्यालयलाई करिव ५ लाख रुपैयाँ बराबरको ल्यापटप, खेलकुद र शैक्षिक सामाग्री सहयोग गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १७ का अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ विष्णुप्रसाद बरालले स्वागत गरेका थिए ।

Share.

Leave A Reply