स्विट्जरल्याण्डद्वारा त्रिभुवन विश्वविद्यालयलाई वैज्ञानिक उपकरण हस्तान्तरण

0

स्विट्जरल्याण्डले नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एप्लाईड साइन्स एण्ड टेक्नोलोजी (RECAST) लाई वैज्ञानिक उपकरणहरु हस्तान्तरण गरेको छ ।


त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र परिसरमा आयोजित वैज्ञानिक उपकरण हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा उक्त उपकरणहरु हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा सम्मानित अतिथिका रुपमा नेपालका लागि स्विस राजदूत सुश्री एलिजाबेथ वान क्याप्लर रहेकी थिइन् ।
उक्त कार्यक्रममा स्विस राजदूत क्याप्लरको हातबाट वैज्ञानिक उपकरणहरु त्रिभुवन विश्वविद्यालयको एप्लाईड साईन्स एण्ड टेक्नोलोजीलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका वैज्ञानिक उपकरणहरुमा एक पीसीआर मेशिन, एक ओप्टिकल माइक्रोस्कोप र एक विभेदक स्क्यानिंग क्यालोरीमीटर रहेका छन् । उक्त उपकरणहरु RECAST र महावीर पुनद्वारा स्थापना गरिएको नेशनल इनोभेसन सेन्टरले संयुक्त रुपमा उपयोग गर्नेछन् ।
RECAST का पीएचडी विद्यार्थीहरुले उक्त उपकरणहरुको आगमनबाट ज्यादै उत्साहित हुँदै आफ्ना पीएचडी कार्यक्रममा उक्त उपकरणहरुको प्रयोग गर्ने योजना बनाएको बताएका छन् ।
उक्त उपकरण हस्तान्तरण कार्यक्रम सफल पार्न संयोजनकारी भूमिका निभाएका स्विट्जरल्याण्ड निवासी पिएचडी स्कलर रञ्जन मिश्रले उक्त उपकरणहरु अनुसन्धान परियोजनाहरु उत्पादन गर्नमा प्रयोग हुने विश्वास व्यक्त गर्दै RECAST का कार्यकारी निर्देशक प्रो. डा. रामेश्वर अधिकारीलाई उक्त उपकरणहरु विद्यालयका विद्यार्थीहरु एवं उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई समेत उपलब्ध गराउन आग्रह गरे ।
नेपाल पोलिमर इन्स्टिच्युटको सहयोग रहेको उक्त कार्यक्रममा प्रो. डा. अधिकारीले ती उपकरणहरुको सही उपयोग गरिने आश्वासन समेत दिए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै राजदूत क्याप्लरले अनुसन्धान समाजसँग जोडिएको हुनुपर्छ, यो मानिसहरूको जीवनसँग जोडिएको हुनुपर्छ जसले गर्दा उनीहरूको जीवनशैलीमा परिवर्तन आउँदछ ।
नेपाल एकेडेमी अफ साइंस एण्ड टेक्नोलोजीका डा. सुरेश ढुंगेलले शोधकर्ताले समाज र राष्ट्रलाई विकास गर्न स्थानीय प्रविधिको प्रयोग गर्नुपर्ने औंल्याए भने कार्यक्रमको अन्त्यमा प्रोफेस अधिकारीले स्विस इन्स्टिच्युसन र स्विस सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि अनुरोध गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

Share.

Leave A Reply